साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर १६ ।
सरकारले दर्ता गरेको सविधान सशोधन प्रस्तावको बिरोधमा गरिएको आन्दोलन गुल्मीमाआज पनि जारी रहेको छ । आज विहानैदेखि स्वर्तस्र्फुत रुपमा बजार, उद्योग धन्दा पसल बन्द गरी आन्दोलनकारीहरु सड्कमा निस्केका छन ।
विभिन्न राजनैतिक दल, संघ संस्था, पत्रकार ,नागरिक समाज लगायतको बैठकले गुल्मीमा आन्दोलनको कार्यक्रमलाई थप सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेअनुसार आज विहान जिल्ला प्रशासन तथा जिल्ला विकास समितिको कार्यालय घेराउ गरिएको छ । भने तम्घास बजारमा विरोध र्याली समेत शुरु भएको छ ।
बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधनहरु छुट्न सकेको छैन । बजार पुर्ण रुपमा बन्दभएको छ । भोलिदेखि बिधालय पनि बन्द हुने गुल्मी उधोग वाणिज्य संघ गुल्मीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend