साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी मङ्सिर १६।
गुल्मीको मुसिकोट र वामी आवत जावत गर्न स्थानीय बासिन्दाहरुले बढिघाट खोलामा अस्थायी रुपमा फड्के निर्माण गरेका छन् । गत साउन महिनामा बढिघाट खोलामा अविरल बर्षा सँगै आएको बाढीले झोलुङ्ग पुल बगाएपछि स्थानीयहरुलाइ आवतजावतमा निकै समस्या भएको थियो ।
वामीटक्सारमा रहेका झण्डै आधा दर्जन विद्यालयमा अध्ययन गर्ने मुसिकोट र बडागाँउका विद्यार्थीहरुको पढाइमा पनि उस्तै असर परेको थियो । सधैजसो आधा घण्टामा पुगिने वामीटक्सारमा जानको लागि डेढ घण्टाको लामो बाटो हिड्नुपथ्यो, तर यो समस्या अब हटेको छ । बिद्यार्थीहरु तथा स्थानीयहरुको समस्यालाइ मध्यनजर गर्दै स्थानीय बासिन्दाहरुले मुसिकोट र वामी जोड्ने सुदीघाटमा स्थानीय काठ र बाँसको प्रयोग गरि करिव ७ दिनमा उक्त फड्के निर्माण गरेका हुन ।
करिब ५ सय भन्दा बढि मानिसहरुको जनश्रमदानबाट झण्डै २५ मिटर लामो अस्थायी फड्र्के निर्माण गरिएको समाजसेवी विष्णु बहादुर खत्रीले जानकारी दिए । यसरी मुसिकोट ६ का स्थानीयबासीहरुको सक्रितामा अस्थायी फड्र्के निर्माण गरेपछि विद्यार्थीहरुलाई मात्र नभएर आम सर्वसाधरण, व्यापारी, खेती किसानी, मजदुरहरुलाइ निकै सहज भएको छ । त्यसैगरी आफ्नो स्थानीय बजारमा गई दैनिक घरायासी सर सामानहरु किनबेच गर्न तथा वित्तिय कारोवार लगायतमा सहजता भएको समाजसेवी खत्रीको भनाइ छ ।
यस्तै विगत ५ महिनादेखि झोलुङ्गे पुल बगाएपछि घुमाउँरो र लामो बाटो भएर घण्टौ समय लगाएर आफ्ना बालबच्चाहरुलाई हातमा डो¥याउदै दैनिक विद्यालय सम्म लैजान र ल्याउन जादा अभिभावकहरुलाई निकै समस्या भएको थियो । ‘बाढीले बिगारेको पुलको ठाँउमा हामी तथा बाबा मम्मीलाइ पनि अब त आनन्द भयो’ मालीका बोर्डिङ्मा कक्षा सातमा पढ्ने सन्तोष केसीले भने, ‘अब त पढ्नकै लागि पनि डेढ घण्टा हिड्नुपर्देन’ । यस्तै उनी सँगे आफ्ना अभिभावहकले पनि यसरी फड्के निर्माण गर्ने ब्यक्ति तथा समुदायहरु प्रति कृतज्ञता जाहेर गरे ।
आवतजावतमा समस्या भइरहेका बेला स्थानीयबासीहरु तत्काल झोलुङ्गे पुल निर्माण हुन केही महिना लाग्ने देखेपछि बालबच्चाहरुको पढाईमा सहजता ल्याउन र अन्य बजार व्यवसाय गर्न तथा घरायासी कामकाजको लागि पनि जोखिम मोलेरै दुःख र मिहेनतका साथ अस्थायी फड्र्के निर्माण गरेका हुन् । उक्क्त फड्र्के निर्माणमा वामी १ का वासिन्दाहरु तथा वामी भयरथुम बेश क्याम्पका नेपाली सेनाहरु लगायतले समेत सहयोग पु¥याएका थिए ।
यस्तै सुदीघाटमा खोलो तर्ने फड्र्के निर्माण भएपछि मुसिकोट र वामी गाविसको सम्वन्ध थप नजिक बनेको छ । साथै सोहि फड्र्केको बाटो भएर गुल्मी तथा बाग्लुङ्गका झण्डै १ दर्जन गाविसबासीहरुलाई आ–आफ्ना गन्तव्यमा पुग्न समेत सहजता थपेको छ । फड्र्के निर्माणसँगै दैनिक सयौ मानिसहरु सोहि फड्र्के हुदै आवत जावत गर्ने गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend