logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको वामी भोली महोत्सवमय बन्दै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी  मंसिर १५ ।
गुल्मीको वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिले आयोजना गरेको तिन दिने विविध कार्यक्रमको भोली अन्तिम दिन वामी गाविस र त्यस आसपासका गाविसहरु भोली महोत्सवमय बन्ने भएको छ । चर्चित लोक गायक पुष्कल शर्मा राधिका हमाल सहित एकसेएक चर्चित कलाकाहरु आउने खवर पाए संगै आजै देखि त्यहाँको माहोल तातेको छ ।

हिजो देखि सुरु भएको भलिवल प्रतियोगिताको आज दोश्रो दिन कुर्घा र बडा गाउँ मिलेर बनाईएको झोलुङ्गेपुल टिम र मालिका युवा युवा परिवार भुवाचिदी ,हिचुली युवा क्लव अर्लाङ्गकोट र सुर्योदय युवा क्लव वामी मैदान विच सेमी फाईनलको भिडन्त चलिरहेकोले यो समाचार तयार हुँदा सम्म नतिजा बाहिर आएको छैन् । आयोजक संस्थाका सह सचिव तोयानाथ खरालका अनुसार आयोजक टिमले सुरु देखिउत्कृष्ट खेल प्रदर्शन गरे पनि सेमीफाईनलबाटै बाहिरिएको छ ।

भोली हुने भव्य सांस्कृतिक कार्यक्रम चर्चित राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरु विच भव्य हुने भएकोले यसपासका सवैको सहभागिताका लागि आयोजक संस्थाका अध्यक्ष दिलिप थापाले अपिल गरेका छन् । भलिभवल खेलको फाईनल खेल भोली विहान ८ वजेबाट सुरु हुने बताईएको छ । कलाकार पुष्कल शर्मा सहितको टोली आजै वामी आईपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend