logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा वैदेशिक रोजगारको खुशी संगै चिन्ता पनि बढ्दो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी ,मंसिर १५।
गुल्मीमा बैदेशिक रोजगारको खुशी संगै वामीवासीहरुलाई बसाई सराई बढ्दै जाँदा गाउँ रित्तिने हो कि भन्ने चिन्ता पनि पर्न थालेको छ ।उनिहरुले गरेको कुल आम्दानीको २५ प्रतिशत पनि गाउँमा पठाउने गरेका छैनन् । विदेश पुगेर कमाई गर्न साथ विभिन्न शहरमा घर–घडेरी खरिद गर्न सुरु गरेका छन् र गाउँलाई विर्सदै गरेका छन् ।

बढ्दो बैदेशिक रोजगारको यात्रा संगै गाउँका घरहरुमा ताला लाग्ने र लेउलाग्ने क्रम जारी छ । यस प्रति उनिहरुका अभिभावक निकै चिन्तीत रहेका छन् । न्युजरल्याण्डमा १० वर्ष देखि कार्यरत घनाश्यम खरालको वडा नम्वर ९ भेडुवा फाँटमा परिवारलाई वर्षभरी खान पुग्ने खेत थियो । टिनले छाएको चिटिक्कको मोटरवाटाकै छोवैमा घर थियो । अहिले त्यो घर एका देशको कथा जस्तै बनेको छ ।

अर्काको जिम्मा दिएर छाडिएको उनिहरुको त्यो निर्जिव वस्तुले बनेको घर जिवित प्राणी जस्तै परिवारजनको विछोडको पिडाले मलिन छ ।उनिहरु छँदा आँगनमा सुन्दर मैरो जिर्र्ण छ । त्यसमा तुल्सीको वोट मरेर सुकेको छ । ,घरवरी परी सुन्दर फुलहरु ओईलिएका छन् । ,अनेक झालपातले सजिएको करेसोवारीमा अहिले झार पलाएको छ ।

अव त्यो सुन्दर करेसोवारी सिस्नोघारीमा परिणत हुँदै गएको छ । उता वुटवलको शंकरनगरलाई भने उनको बैदेशिक रोजगारको कमाईले सुनमा सुघन्ध थपिए झैं गरी सजाएको छ । न्युजरल्याण्ड पुगेको केहि वर्ष पछि सपरिवार शंकरनगरमा सरे पछि उनिहरुको पुरानो घरमा ताला लागेको हो ।

उनका छिमेकीले उनिहरुको अस्याट् मान्दै उनिहरुलाई देख्न पाए पनि कस्तो होला भनेर प्रतिक्षा गरेका हुन्छन् । तर उनिहरु वर्षको एक चोटी आउने चाड पर्वमा पनि पुर्खेयौली घर नआई वुटवलबाटै फर्केर जाँदा धिक्कार्न विवस छन उनका दर–दाजु भाई र आफन्तहरु यसपालीको दशैमा धेरै वर्ष पछि आ,घनश्याम देख्न पाईने भयो भन्दै बसेका उनका दाजु वेदप्रसाद खरालका परिवार भाई आउने बाटो हेर्न मात्रै भयो ।

उनि घर त आए तर यता गाउँको घर होईन वुटवलकै घरमा आएर फर्किए । त्यस्तै उनका अर्का भाई महाशर्मा खरालका परिवार युकेमा छन् । उनलाई पनि युकेको कमाईले भेडुवा फाँटको सुन्दर घर छाडेर शहर छिर्ने बनाएको छ । उनले स–परिवार लिएर युकेकै वासीन्दा हुने तयारी गरेका छन् । १२ वर्ष भयो उनि युके पुगेको तर घर आउने , पुरानो घर सजाउने र अरु खेतवारी थप्ने अत्तोपत्तो छैन् ।‘

आउन त भाईहरु आमा वितेको वेला सहित त्यस्तै दुई तिन पटक आए होलान तर यहाँ धेरै बस्ने र घर जग्गा किन्ने तिर लागेनन्,–दाजु वेदप्रसादले भन–‘अव मेरो छोरा पुर्णप्रसाद जापान र अर्का छोरा नविन प्रसाद भारतमा पुगेका छन् कतै मलाई पनि यो गाउँ छाडेर हिड्ने बनाउने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ ।

’उनिहरु सहित वडा नम्वर ९ मा बसाई ससाई गरेर जाने १० घरधुरी परिवारका दर दाजु भाईको कथा व्याथा एउटै छ । विदेशमा जाने त्यस गाउँका ४ सय भन्दा बढि युवाहरु मध्ये विभिन्न ठाउँमा घडेरी किने’रे भन्ने खवरले गाउँ रित्तेने क्रमले तिव्रता पाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend