logo
  • शनिबार, असोज १० २०८३

छोराहरुको योजना शहर सजाउने बुढाहरुको गाउँ बनाउने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी ,मंसिर१५ ।
गुल्मीमा  बैदेशिक रोजगारमा जाने वामी वासी युवाहरुको शहरिया सुख –सुविधा रहने क्रम बढ्दै गए पछि उनका बृद्ध अभिभाकहरु किनै चिन्तीत रहेका छन् । उनिहरुले छोराहरुलाई कसरी गाउँमा आकर्षित गर्ने भन्ने विषयमा केन्द्रित भएका छन् । वामी ९ शेराका डिलाराम खरेललाई छोराहरुले आफ्ना पिता देउपति खरालको प्रतिष्ठा धान्नका लागि गाउँमै बसे हुन्थ्यो भन्ने लागेको छ ।

स्वर्गिय पिता देउपति हिजो त्यस गाउँका प्रतिष्ठीत समाज सेवी थिए । उनको प्रतिष्ठा छोरा डिलारामले धाने पनि छोराहरुले वसाई सराई गरे पछि नधान्ने हुन कि भन्ने चिन्ता छ । उनका छोरा नारायण खराल अष्ट्रेलियामा छन् । गाउँकै घर सजाओस् शहरमा वसाई सराई नगरोस् भन्ने कामना उनका पिताको रहेको छ ।

शेराकै जिवलाल खरालका छोरा रामु खराल पनि का जापान मै छन् । वामी ७ का ठुलाखर्कका वोमनाथ लामिछानेका छोरा टंक लामिछाने पनि जापनमा छन् । वामी ९ होटललाईनका कृष्ण प्रसाद काफ्लेका छोरा रामु काफ्लेका जापान छन् । उनिहरु सवैको सपना पनि छोराहरुले गाउँ नै सजाई देउन र आफुहरुको शिर ठाडो पारी देउन् भन्ने छ ।

गुल्मीको स्थानिय निकाय निर्धारण प्राविधिक सहयोग समितिले वामीलाई मुसिकोट नगरपालिकाको केन्द्र प्रस्ताव गरे पछि भने बृद्धहरुलाई छोराहरुको मन गाउँ मै फर्किने आशा पलाएको छ । वामी ९ शेरा , छुर्किन र भेडुवा फाँटका अभिभावकहरुको ठुलो सपना यहि रहेको छ कि वामीटक्सार भन्दा अझ शहरिकण यसै स्थानमा गर्न सकियोस् ।

हामी वामी ९ , छिमेकी कुर्घा ९ र पारी बडागाउँ ९ का जनता २०४६ पछि जुन दलका नेताले जिते पनि सौतेलो व्यहवहारमा परेर पछाडी परेको त्यहाँका बुढापाकाहरुको गुनासो छ । यि तिन वटै वडाका बैदेशिक रोजगारमा रहेका युवाहरु मात्रै जुट्ने हो भने पाखीडाँडा, शेरा छुर्किन र भेडुवालाई एउटै वजारका रुपमा विकास गर्न सकिने अवधारणा यहाँका समाज सेवीहरुले अगाडी सारेका छन् ।

ति तिन वटा समथल फाँटहरुलाई जोडेर शहरिकरण गर्नका लागि बढिघाट खोलामा आकाशे पुल माग गरेको धेरै वर्ष भई सक्यो भन्छन् शेराका समाज सेवी वेदप्रसाद खराल । नेपाली कांग्रेस वामीका पार्टी सचिव डिलाराम खराल कुनै टोललाई मात्र ईङ्गित नगरेर ति तिन वटै वडाहरु पहिल्लै देखि पछाडी परेकोले त्यहाँका सवै वासीन्दाहरुलाई समेटेर वजारिकण गर्नु पर्ने धारणा राख्छन् ।

वामी ९ भित्र माध्यामिक विद्यालयलाई आवश्यक पर्ने विद्यार्थी संख्या हुँदाहुँदै पनि यता भुवाचिदी वजार र उता वामीटक्सार वजारका विद्यालयमा एकडेढ घण्टाको बाटो हिडेर पढ्न जान बाध्य छन् । दुई वटा प्रावि मात्रै रहेको र जनज्योति प्राविलाई निमावि बनाउने माग गर्दै आए पनि त्यहाँका समाज सेवी सफल हुन सकेका छैनन् ।

बढिघाट खोलामा आकाशे पुल बनाउन बित्तिकै त्यहाँ क्याम्पस समेत सञ्चालन हुने र वामी भन्दा ठुलो बजार बन्ने निश्चित देखिएको छ । आफ्ना अभिभावकहरुको सपना पुरा गराई दिन वैदेशिक रोजगारमा रहेका छोरा छोरीकै हात बढि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend