logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा मासिक चार करोड रेमिट्यान्स भित्रदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

money-nepalप्रेम सुनार, गुल्मी मंसिर १५ ।
गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सवै भन्दा बढि रेमिट्यान्स भित्राउने गाविस हो । त्यस गाविसको एउटै वडामा स्थलगत अध्यान गर्दा विभिन्न मुलकको वैदेशिक रोजगारमा पुगेका ४ सय जना भन्दा बढि युवाहरु पुगेको पुष्टी भएको छ । उनिहरुबाट ति मुलुकमा हुने गरेको न्युनतम आम्दानी तलव जोड्दा पनि झण्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ ।

वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलकमा रहेका वामी ९ का युवाहरुको संख्या ५ सय ४५ जना निकालेको छ । आज भन्दा झण्डै २० वर्ष अघि जापानबाट सुरु हुन्छ वामी ९ का युवाहरुको वैदेशिक रोगारको यात्रा । सो वडा नम्वर ९ ,टोड्केका वोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र वामीकै भेडुवाबाट काठमाण्डौं बसाई सराई गरेका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल आज भन्दा १८ वर्ष अघि जापान एकै साथ पुगेका थिए ।

उनिहरु पुगे पछि त्यहाँका युवाहरुको लर्को त्यस तर्फ लाग्न थाल्यो । अहिले वडा नम्वर ९ बाट २ सय जना महिला पुरुष जापानमा पुगेको बताउँ छन् वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिका केन्द्रियअध्यक्ष दिलिप थापा । ति दुई सय जनाबाट न्युनतम मासिक एकलाखका दरले हिसाव गर्दा पनि एकै महिनामा दुई करोड त्यहाँ पुगेका युवाहरुले कमाउने गरेका छन् ।

अष्ट्रेलियामा १० जना पुगेका छन् । उनिहरुबाट न्युतम १ लाखका दरले पनि महिनमा ५० लाख कमाई हुने गरेको छ । युकेमा ५० जना रहेका छन् । उनिहरुबाट न्युनत डेढ लाखका दरले ७५ लाख एकै महिनामा कमाई हुने गरेको स्पष्ट हुन्छ । अमेरिकामा १० जना रहेका छन् । उनिहरुबाट न्युनतम १ लाखका दरले मासिक १० लाख कमाई अनुमान गरिएको छ । न्युजरल्याण्डमा ३५ जना छन् । उनिहरुबाट पनि मासिक १ लाखका दरले न्युनतम मासिक ३५ लाख आम्दानी हुने गरेको छ ।

मलेशिया सहित खाडी मुलुकमा सय जना रहेको र उनिहरुबाट न्युनतम मासिक २५ हजारका दरले २५ लाख कमाईको अनुमान गरिएको छ । भारतमा २ सय जनाबाट न्युनतम मासिक १० हजारका दरले २० लाख कमाई हुने अनुमान गरिएको छ । यो तथ्याङकवाट अन्य शहरमा घर–घटेरी खरिद नगर्ने हो भने त्यस एउटै वडा नम्वर ९ मा मात्रै मासिक ४ करोड १५ लाख रुपयाँ रेमिट्यान्स भित्रिन सक्छ ।

स्वदेशमा शिक्षक, अन्य सरकारी र संघ संस्थामा भएका जागिरे समेतको हिसाव गर्दा न्युनतम मासिक ५ करोड नगद कमाई हुने स्थलगत अध्यानको तथ्याङकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend