साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर १५ ।
सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा प्रर्दशन सगै गुल्मी बन्द भएको छ ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा जिल्ला स्थित कांग्रेस, एमाले,माओवादी केन्द्र लगायत जिल्ला स्थितक्रियाशिल राजनितिकदल, बिभिन्न पार्टीका बिद्यार्थी संगठन, नागरिक समाज, पत्रकार महासंघ, स्थानियको समर्थनमा तम्घास बजार बन्द गर्नुका साथै नाराबाजी गर्दै बजार परिक्रमण गर्दै तम्घासको लाकुरी मञ्चमा कोर्ण सभा समेत सम्पन्न भएको छ ।
कोर्णसभामा बोल्ने अधिकांश बक्ताहरुले जनभावना बिपरित सरकारले ल्याएको संसोधन प्रतावलाई जस्तो सुकै मुल्य चुकाएर भएपनि यो प्रयासलाई असफल गराउने बताएका थिए । कोर्णसभामा बोल्ने सबैले बिरोध प्रर्दशनमा एक्याबद्धता जनाएका छन् ।

बन्दले गुल्मीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छैनन् भने बजार कलकारखाना पनि बन्द भएका छन् । बिहान देखि बन्द बजार साँझ ५ बजे देखि बिहान ५ बजे सम्म खुल्ने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

गुल्मीमा चल्ने बन्दको कार्यक्रमबाट बिद्यालय भने खुल्ला रहने वाणिज्य संघले जनाएको छ ।गुल्मीमा बिहिवारबाट अनिश्चितकालको लागी बजार बन्द गरिएको वाणिज्य संघले जनाएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend