logo
  • शुक्रबार, असोज ९ २०८३

बाबु आमाको झगडाले नाबालकहरुको विचल्ली (भिडीयो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डौ, मंसिर १५ ।
माया, प्रेम र बिबाह आफ्नो निर्णय गर्न सक्ने पाकाहरुको कुरा हो । तर तिनै पाका भनिएकाहरुले यौवनको आवेशमा गलत निर्णय गर्दा साना बालबालिकाको कस्तो विचल्ली हुन्छ भन्ने दर्शाउने भिडियो सार्वजनिक भएको छ ।
gayatriकलाकार गायत्री थापाले तयार गरेको यो भिडियोले जवानीमा महिला पुरुषले मायाजालमा परेर लिने गलत निर्णयले बालबच्चाको लागि हुने गरेको देखाईएको छ । शिवदर्शन डिजीटलमार्फत लोकदोहोरी गीत ‘सम्झनामै रह्यौ’मा पहिला प्रेममा डुब्ने र पछि सम्बन्ध चुँडाएर परीवारको विचल्ली पार्ने अवस्था आएको देखाईएको छ ।

‘हिँजो माया मै माथी खनायौ, आज छोड्यौ रोई हिँड्ने बनायौ, पापी रैछ्यौ आँशु बनी खस्यौ, आज मलाई छोडेर गएनी तर तिमी सम्झनामै बस्यौ’ लगायतका शब्दमा एकदम मार्मिक भिडीयो छायाँकन गरेर कलाकार थापाले समाजको यथार्थता प्रस्तुत गरेकी छन् ।

पुस्कल शर्मा र कोपिला छिनालको स्वरमा गायत्री थापाको शब्द तथा लाल कुमार सारु मगरको थेगोमा रहेको उक्त गीतको म्युजिक भिडीयोमा दुर्गेश थापा, अपेक्षा बस्याल र सन्तोष श्रेष्ठले अभिनय गरेका छन् ।


भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend