logo
  • शनिबार, साउन ३० २०८३

५ न. प्रदेश टुक्र्याउने संशोधन विधेयक दर्ता विरुद्ध विरोध प्रदर्शन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, मङ्सिर १५ ।
५ न. प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ । विद्यार्थी संगठन तथा सर्व-साधारणहरुले बिहानै देखि बुटवलमा यातायात ठप्प पारेका छन्।
1केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका दलका कार्यकर्ता समेत प्रदेशमा विरोधमा उत्रिएका छन् । चक्का जामका कारण पूर्व-पश्चिम तथा उत्तर-दक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । सडकमा नारा जुलुस सहित टायर बालिएका छन् ।

3स्वतस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल-पहाड-तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् । प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदा सम्म आन्दोलन जारी राख्ने बताएका छन्।

2५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्र्याउन सक्ने उनीहरुको चेतावनी छ । बुटवलसँगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ।                        4

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend