साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङसिर १४।
बागलुङ जिल्लाको बुर्तिबाङ गाउँ बिकास समितिमा बस्ने एक कृषकले गोपीका विरुवा बेचेर मनग्य आम्दानी गरेको छन । बुर्तिबाङ गाबिस वडा नमबर १ का युवराज कडेलले एक सिजनमा गोपीका विरुवा बचेर ९५ हजार आम्दानि गरेको बताउनु भएको छ । मौसम अनुसारका बिभिन्न जातका तरकारीका विरुवा जमाउने उहाँले बन्दा, फुल तथा बा्रेकाउलीका विरुवा बित्री गरेर आम्दानी गर्ने थाल्नु भएको छ ।

उहाँका अनुसार गोपीका विरुवा जमाउदा बिउको लागी ३० हजार खर्च भएको र बाँकी ९० देखि ९५ हजार सम्म आम्दानी गरेको बताउनु भएको छ । गतबर्ष पनि यसरी विरुवा जमाएर मनग्य आम्दानी गर्न थालेपछि यस बर्ष पनि सोहि प्रणाली अपनाएको उहाँको भनाई रहेको छ । बुर्तिबाङ आसपासका देबिस्थान ,निशी बोहोरागाउ खुंंगा बोंगादोभान भिमगिठे, लगाएतका गाबिसका कृषकहरुलाई आफुले उत्पादन गरेका विरुवा बिक्री गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार एक सय फुल गोपीका विरुवालाई २ सय रुपैयामा बेचेको र ब्रोकाउलीलाई प्रति विरुवा ५ रुपैयाका दरले बेचेको उहाँको भनाई रहेको छ ।

यसरी गोपीका विरुवाहरुको सिजन सकिए सगै उहाँले अहिले प्याजका विरुवा जमाई बेच्न सुरु गनुभएको छ । उत्पादन गरेको प्याजको विरुवा अहिले आफुले बेचिरहको र दैनिक २ हजार सम्मको विरुवा बेच्ने गरेको उहाँको भनाई रहेको छ । भर्खर बेच्न सुरु गरेको छु उहाँ भन्नुहुन्छ गत बर्ष भन्दा खासै राम्रो गरि विरुवा नउम्रिएकोले अहिले लगानी नै डुप्छकी भन्ने डरमा थिए तर ५ हजारको किट्नाशक औषधी हालेपछि विरुवा राम्रा उत्पादन भएको बताउनु हुन्छ ।
यो समय बढि प्याजको विरुवा बिक्री गर्ने सिजन भएकाले अहिले सम्म प्याजका विरुवाबाट २५ हजार सम्म कमाएको बताउनुभयो । यसरी प्याजका विरुवा बेचिरहदाँ अन्त्य सम्म ८० हजार कमाउने उहाँको लक्ष्य रहेको छ । जग्गा भाडाँमा लिनुभएको उहाँले बर्षको ५ हजार रुपैया तिर्दै आएको भनाई रहेको छ । यो प्याजका विरुवा पछि आलु रोप्ने लक्ष्य समेत रहेको र गत बर्ष ५० केजि आलु लगाए तर किरा लागेपछि घाटा खानु परेको बताउनु हुन्छ ।
त्यसैले यस बर्ष लगाउकी नलागाउ भन्ने दोदारमा रहेको बताउनु भयो । बर्षको ३ सिजनमा तरकारीका विरुवा तथा आलुबाट आम्दानी गर्ने केहि दिन पहिले गाबिसमा रहेको कृषी समुहले तालिम आयोजना गरेपनि आफुलाई थाहा नदिएको गुनासो गर्नुहुन्छ । आफुनै अनुभवको आधारमा यसरी कृषी पेशा गर्दै आउनुभएका उहाले त्यस्ता तालिमहरुमा आफु पनि सहभागि बन्न पाए यो पेशालाई थप व्यबस्थीत गराउने आशा व्यक्त गर्नुहुन्छ ।
यसरी उत्पादन गरेका विरुवा कुहिने, मर्ने जस्ता समस्या आउदा कृषी कार्यलयबाट कुनै पनि सलाहा नपाएको गुनासो गर्नुहुन्छ । स्वादेशमै कृषी पेशा समाल्नु भएको उहाँले अरु ठाँउमा कृषी पेशा गर्नेलाई बिभिन्न अनुदान आएको सुनिन्छ तर आफुलाई कुनै पनि संस्थाले अनुदान नदिएको गुनासो गर्नुभयो । आफुले उत्पादन गरेको ठाँउको माटो परिक्षण गराउने माध्म समेत आफुले नपाएको बताउनुहुन्छ । यसरी स्वदेशमै कृषी पेशा गर्नुभएका कडेल शारिरीक रुपमा अपाङ हुनुहन्छ ।
अपाङ भएकाले बिदेश गएर कमाउन सकिन तर एक चोटी कोहि कसैले सहयोग गरे एक पटक बिदेश जाने रहर रहेको बताउनुभयो । उहाँले बिदेशीएका युवाहरु लाई पनि स्वदेशमा उद्धम गर्न सल्लाह समेत दिनुहुन्छ । उनका परिवारमा श्रीमती छोरा र युवराज शारिरिक अपाङग भएका कारण अपाङग भत्ता पाउदै आएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend