साझा नेटवर्क
कृष्ण सारु, बहराइन ।
नेपाल आदिबासी जनजाति महासंघ बहराइनले मानमा स्थित सित्तल नेपाली रेस्टुरेन्टको सभा हलमा नेपाली समुदायका जेष्ठ नागरिक समेत रहेका वरिष्ठ समाजसेवी गम बहादुर गुरूङ्गको प्रमुख आतिथ्यमा स्वागत तथा सम्मान कार्यक्रम संपन्न गरेको छ ।
गएको ११ नोभेम्बरका दिन नेपाल आदिबासी जनजाति महासंघको प्रथम महादिवेशनलाई ऐतिहासिक सम्पन्न गराउन आर्थिक, भौतिक, नैतिक रूपमा सह्योग र्पुयाउने सबैलाई सभापति, प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा क्रमशः प्रशंसा(पत्र प्रदान गर्दै महासंघले सम्मान गरेको हो । सोही क्रममा निवर्तमान अध्यक्ष बुद्धि राज राईले कर्मभुमी बहराईनलाई विट मार्दै यही ७ डिसेम्बरका दिन मातृभूमि स्वदेश जाने भएकोले उहाँले संघलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै कदर(पत्र (मोमेन्टो) प्रदान गर्दै महासंघका अध्यक्षले स(सम्मान बिदाई पनि गरेको छ ।

अध्यक्ष तेम्बा शेर्पाले भने, समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग समन्वय, सहकार्यमा हातेमालो गर्दै अवको उपरान्त शेर्पा घेदुङ्गले पनि आफ्नो परम्परागत मौलिक पहिचान, संस्कार र सस्कृतिको जगेर्ना र संरक्षण संवर्द्धनका लागि थप टेवा पुग्ने हेतुले महासंघमा आवद्ध भै एक्यवद्धता जनाएको बताएका छन् । मिङमा च्यावा शेर्पाको संयोजकत्वमा भएको पहिलो भेला बाट पुर्णता दिँदै गएको ११ नोभेम्बरका दिन शेर्पा घेदुङ्ग बहराईन नामक गठन भएको उक्त संस्था २५ नोभेम्बर २०१६ सुक्रबारका दिन महासंघमा आवद्ध भएको हो ।
मध्ये पुर्वीय राष्ट्र बहराईनमा मगर संघ, तमु समाज, किराँत याक्थुम चुम्लुङ्ग, तामाङ्ग सेवा समाज, किराँत राई यायोक्खा ५ वटा मातृ सस्थाहरुको विशेष पहलमा नगेन्द्र चाम्लिङ्ग राई र जयेन्द्र घिसिङ्ग तामाङ्गको विशेष पहलमा आदिवासीजनजाति महासंघलाई २०१४ मा स्थापना गरेका हुन् । भर्खरै महासंघमा आवद्ध शेर्पा घेदुङ्ग समेत गरी हाल ६ वटा मातृ संस्था पुगेको छ ।
महासंघका अध्यक्ष काजी थापा मगरले सभापतित्व गर्नु भएको थियो । वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र तमु गुरूङ्गको स्वागत तथा झहरमान थेबे लिम्बूको संचालनमा कार्यक्रम संपन्न गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend