logo
  • शनिबार, असोज १० २०८३

महिला अधिकारकर्मी ज्ञवालीको निधन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी मंसिर १३।
गुल्मी जिल्लाकी सशक्त महिला अधिकारकर्मी जानकी ज्ञवाली गौतमको गएराती अल्पाआयुमै निधन भएको छ । केहि वर्ष अघि वे्रनट्युमरको समस्या रहेकी ३७ वर्षिया ज्ञवालीको गएराती करिव ११ वजेको समयमा एक्कासी अचेत भई वुटवलमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दियो ।11039307_1019499978090179_8496022275617294255_n५ वर्ष अघि व्रेन ट्युमरको समस्या आएपछि अप्रेशन गरेर निको पारिएको थियो , केहि दिन अघि पनि त्यस्तै समस्या देखा परेपछि उपचार गर्न लगिएको थियो । हिजो एक्कासी सोही विमारका कारण अचेत भएको केहि वेरमै मृत्यु हुन पुगेको बताईएको छ । विद्यार्थी जिवन कालदेखि नै महिला अधिकारकर्मीका रुपमा सक्रिय हुँदै आएकी ज्ञवाली जिल्लाका कैयौं समाजिक संघ संस्थामा आवद्ध थिईन्।13934756_10205327199818588_662166990970682139_nमहिला मानव अधिकारी रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष रहेकी ज्ञवाली सेतो गुराँस वालवालिक केन्द्रकी सचिव थिईन भने जिल्ला वाल संगठनकी उपाध्यक्ष पनि थिईन् ।उत्पीडित समुदाय उत्थान केन्द्रले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक विकास कार्यक्रमकी संयोजक समेत रहेकी ज्ञवाली कुनै राजनैतिक दलको आश्थाबाट यहाँका महिला र वालवालिकाको क्षेत्रमा पहिलो महिलाको रुपमा सक्रिय रहेको उनका समकक्षीहरु बताउँ छन् ।15178331_10154165533103105_1169262492472366095_nउनी कुनै राजनैतिक दलमा सक्रिई नभई त्यस क्षेत्रमा काम गरेको उनकी समकक्षी सिता भुसालले बताईन् ।‘उहाँको मृत्युले हामीले महिला र वालवालिकाको क्षेत्रमा स्वतन्त्र रुपले काम गर्ने होनाहर साथी गुमाएका छौं , भुसालले भनिन –‘यो भावविहल अवस्थामा धेरै बोल्न सकिन तर उहाँको वारेमा छोटो शव्दमा बोलेर पुग्दैन् । ’उनको मृत्युबाट परिवारका सदस्य जति शोकाकुल रहेका छन् त्यतिनै शोकाकुल उनि संगै काम गरेका महिला अधिकारकर्मीहरु रहेका छन् ।

1236538_580118868711611_1018797_nउनले चेलवेटी वेचविखन विरुद्धको अभियान पनि तिव्र पारेकी थिईन् । कसैसंग आक्रोशको भाव नआउने ज्ञवाली कुनै पनि व्यक्ति संग नमुस्कुराई नवोल्ने स्वभावकी थिईन् । उनका श्रीमान शंकरप्रसाद गौतम जिल्ला विकास समितिको कार्यक्रम अधिकृत हुँदा पनि उनले श्रीमानको पहुँच लगाएर कहिल्लै जागिर खान रुचाईनन् । स्नातक उतिर्ण गौतय योग्य र सक्षम महिला हुँदाहुँदै धेरै समय वेरोजगार बसीन् । उनलाई घमण्ड कहिल्लै आएन् । अधिकारकर्मीहरु भन्छन् हामीले हाम्रो मान्छे राम्रो मान्छेलाई गुमाएका छौं ।

गुल्मीकै वलेटक्सार गाविसकी चेली र सोही गाविसकी वुहारी बनेकी ज्ञवाली परिवार पछिल्लो चरण वुटवलमा वसाई सराई गरेको थियो । उनका दुई नावालक छोरा र छोरी छन् । दुई सन्तान ईस्वरका वरदान भन्दै त्यो भन्दा बढि सन्तान नजन्माउने निधो गरेका ति दम्पत्तीको अत्यन्तै हँसिन र सुखी दाम्पत्य जिवन थियो । दुवै दम्पत्ती सधैव हंशमुख रहँदै र सवै संग मृदभाषी हुँदै आई रहेको बेला त्यो मुस्कान खोसेर नियतिले ठुलो बज्रपात गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend