logo
  • शनिबार, साउन ३० २०८३

बाला चर्तुदशीको अवसरमा गुल्मीको शान्तिपुरमा मेला सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी मंसिर १३ ।
बाला चर्तुदशीको अवसरमा गुल्मीको शान्तिपुरमा विगतका वर्षहरुमा जस्तै संञ्चालन हुदै आएको चक्रेश्वर मेला यस वर्षपनि बिबिध कार्यक्रमहरु सहित सुरु भएको छ । “चन्द्रकोट क्षेत्रको सान चक्रेश्वर मेला हाम्रो पहिचाहन” भन्ने नाराका साथ यहि मंसिर १३ गते १४ गते २ दिन सम्म बिबिध कार्यक्रमहरु गरेर मेला सुरु भएको छ । chakeswor-mela-5-1गुल्मीको शान्तिपुर गाविसको वाड नं. १ मा पर्ने मन्दीरमा वला चर्तुदशी सतबिज छर्ने पर्वको अबसरमा यस क्षेत्रको चर्चित एबं धर्मिकरुपले पनि लोकप्रिय मानिदै आएको मेला बिबिध कार्यक्रहरु हुने गर्दछ । चक्रेश्वर मन्दीरमा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि उदय शान्ति युवा क्लव शान्तिपुरको आयोजना र शान्तिपुर गाविस,उद्योग वाणिज्य संघ शान्तिपुर शाखाकोे सहआयोजनामा गरिएको छ । chakeroswor-mela-1-1चक्रेश्वर मेलामा बिभिन्न खेलकुद,कौडा नाच, लोक झाँकी,भजन कृतन सहित बिबिध साँस्कृति कार्यक्रमको आयोजना गरिएको साँस्कृतिक कार्यक्रमका संयोजक शोबित श्रेष्ठले जानकारी दिए । हिन्दु धर्म अनुसार वाला चर्तुदसीको अबसरमा सतबिज छर्नाले पुन्यलाभ हुने जनबिश्वास रहि आएकोले यस क्षेत्रमान बिगत सयौ वर्ष पहिले देखि नै पुजा आज हुदै आएको स्थानिय वासी बताउछन ।chakeroswor-mela-4धार्मिक रुपले पनि निकै महत्वपुर्ण मानिएको यस क्षेत्रको यो पर्व तथा मेलामा नयिका तथा चर्तित राष्ट्रिय कलाकारहरु आउने भए सगै मेलाको थप आकर्षण वढ्ने आयोजकले जनाएको छ । चक्रेश्वर मेला व्यावस्थापन समितीले बिबिध साँस्कृतिक कार्यक्रम सहित नेपालमा बिभिन्न चर्चाको शिखरमा रहेका राष्ट्रिय स्तरका कलाकारहरु सहित नेपाली चलचित्रका नायिका, डान्सरहरु पनि ल्याएको आयोजकले जनाएको छ ।chakeroswor-mela-1मेलाको बिबिध साँस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका नायिका रेखा थापा लोक तथा आधुनिक गायक गायिकाहरु हेमन्त शर्मा, बिष्णु खत्री, बैकुण्ठ महत, रितु थापा एकखुट्टे डान्सर रोमा न्यौपाने, हाँस्यकलाकार माइला बा सहित एक दर्जन भन्दा वढी कलाकारहरुले उपस्थिती रहको साँस्कृतिक कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रम बाहेक स्व. गंग बहादुर क्षेत्री स्मृति खुल्ला भलिवल प्रतियोगित र खुल्ला व्याडमिन्टन प्रतियोगित सञ्चालनमा आएका छन् । यस क्षेत्रकै ठुलो रासी रहेको भलिवल प्रतियोगित हुदै छ । भलिवल खेलमा प्रमथ हुनेले रु

५० हजार पाउँने छन् भने द्धितिय हुनेले रु ३० हजार, तृतिया १५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । खुल्ला व्याडमिन्टन खेलमा प्रथम हुनेले रु २० हजार र द्धितिय हुनेले रु १० हजार, तृतिया ५ हजार पुरस्कारको व्यवस्था गरिएको क्लवले जनाएको छ ।

यस क्षेत्रमा पहिले पुजा आज सहित स्थानिय स्तरको बिबिध धार्मिक झाँकी,भजन कृतन बिभिन्न संस्कृतिक कार्यक्रम हुदै आएको थियो तर पछिल्लो समय यता मेलालाई थप व्यावस्थित गर्नको लागी राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा बिबिध संस्कृतिक कार्यक्रम हुदै आएको संयोजक श्रेष्ठले बताए । चक्रेश्वरमेलामा गुल्मी जिल्लाका बिभिन्न ठाउ सहित बाग्लुङ्ग, पाल्पा, वुटवल सम्मका तिर्थालु अवलोकन गर्न आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend