logo
  • शनिबार, साउन ३० २०८३

रोनाल्डोको दुई गोल, शीर्ष स्थानमा रियल मड्रिड


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, मंसिर १२ ।
स्पेनिस ला लिगामा रियल मड्रिडले शनिबार राति भएको खेलमा स्र्पोटिङ गिजोनलाई २–१ ले हराएको छ । यसका साथै मड्रिडले शीर्ष स्थानमा रहेर ६ अंकको अग्रता लिएको छ ।

घरेलु मैदानमा रियल मड्रिडले १८ औँ मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । दुबै गोल क्रिष्टियानो रोनाल्डोले ५औँ र १८ औँ मिनेटमा गरेका थिए । ३५ औँ मिनेटमा स्र्पोटिङको लागि कार्लोस कार्मेनोले एक गोल फर्काए । दास्रो हाफमा भने दुवै तर्फबाट कुनै गोल हुन सकेन र मड्रिड २–१ ले विजयी भयो ।

जितपछि रियल मड्रिड १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको २६ अंक छ । रोनाल्डोले ला लिगाकाे यो सिजनमा अहिलेसम्म १० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend