साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी मंसिर १२।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएकै दोस्रो दिन मंसिर १२ गते छापहिले गाविस १ का २२ बर्षिय कुमार गिरीले पत्नी २० बर्षिया सरा ज्ञवाली गिरीलाई कुटपिट गरेका छन् । आरोपित गिरीले पत्नीको टाउकोमा ढुंगाले हानेका थिए ।
टाउकोमा गम्भिर चोट लागेकी पीडितको इलाका स्वास्थ्य चौकी इस्मा रजस्थलमा उपचार भैरहेको छ । टाउकोमा ढुंगाको चुरुना अड्किएकाले बढि रगत बगेको र अहिले चुरुना निकालेर उपचार भैरहेको स्वास्थ्यचौकीका प्रमुख चन्द्र प्रसाद भुसालले बताए । पीडितका आफन्तले इस्मा प्रहरी चौकीमा दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले तत्काल गिरफ्तार गरेको छ ।
चार बर्ष अघि उनीहरुले प्रेम बिबाह गरेका थिए । घरमा पनि पतिले कुटपिट गरेपछि चार महिना देखि माइती बस्दै आएको पीडितले बताइन् । माइतघर इस्मा रजस्थल ४ मा बस्दै आएकी उनलाई घर जान आग्रह गरेर तर नमानेपछि कुटेको आरोपितले बताए । आरोपित अहिले रुपन्देहिको बाँसगढि ५ मा बस्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend