logo
  • शनिबार, भाद्र २० २०८३

किरात राई यायोक्खा शाखा कतारको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा एकराज


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सिताराम थापा, कतार ।
दोहा कतारमा रहेका किरात राईहरुको संगठित सस्था “किरात राई यायोख्या शाखा कतारको छैटौ अधिबेशन २५ नोभेम्बर सुक्रवारका दिन दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
rai-ko-newsसस्थाका अध्यक्ष अमृत राईको सभापतित्व तथा नेपाल प्रबासि आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अथितिका रुपमा नेपाल बाट कतार आउनु भएका प्रख्यात कबि हेमन यात्री उपस्थित हुनुहुन्थ्यो ।
kirat1सस्थाका महासचिब एकराज राईले संचालन गर्नु भएको सो कार्यक्रममा अन्य बिशेष अतिथिहरु किराया साखा कतारका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लहाकार धिरज चाम्लिङ , बिशेष सल्लहाकार तथा सस्थाका पूर्व अध्यक्ष चन्द्रशेर राई, एनआरएनए आइसीसी कतारका सदस्य बिनोद प्रसाद भट्टराई ,एनआरएनए एनसिसि कतारका अध्यक्ष बिनेश तामाङ हुनुहुन्थ्यो ।
kiratबैचारिक सस्थाका तर्फ बाट नेपाली जनसम्पर्क समितिबाट अजिज अलि , प्रबासी नेपाली मन्चबाट गणेश शिवा ,नया शक्ति नेपालबाट देब परियार तथा समाजसेवी एबम बुद्धिजीवीहरु क्रमसः दिल किरण खुजुम , बिल गुरुङ , क्रान्ति सिंह , चानक पोख्रेल आदिले उपस्थिति जनाउदै कार्यक्रमको सफलताको सुभेच्छा र नव गठित कार्यसमितिलाई अग्रिम बधाई तथा शुभ कामना पनि दिनु भएको थियो ।

दोहामा गठित बिभिन्न जिल्ला सस्था र जातीय सस्थाका थुप्रै मातृ सस्थाका पदाधिकारी तथा प्रतिनिधि ज्यु हरुले पनि उपस्थिति जनाउनु भएको यो कार्यक्रममा राई जातिहरुको जातीय भेषभूषामा सजिएका महिला तथा पुरुषहरुबाट आफ्नो जातिको बिशेष गीतको सामुहिकको सामुहिक गायन प्रस्तुत गरिएको थियो भने किरात राई यायोक्खा कतार साखाबाट प्रकाशित “नियामा” पुस्तकको पनि बिमोचन गरिएको थियो ।

किरातहरुको इतिहास, सस्कार, सस्कृति र पहिचानलाई समेटिएको उक्त विमोचित पुस्तकका बारेमा प्रकासन समुहका कार्यकारी सम्पादक देबराज राईले बृस्तित जानकारी दिनु भएको थियो । २ वर्ष समयाबधि रहने गरि गठन गरिने किराया कतारको २०१६ — २०१८ कार्यकालका लागि एकराज राईको अध्यक्षतामा २१ सदस्सिय नया कार्य समितिको गठन गरेको छ ।

जसमा प्रथम उपाध्यक्ष लोक बहादुर राई,दितीय उपाध्यक्ष शरण राई , महासचिब प्रदिप कुमार राई ,सचिब बिमल राई ,कोषाध्यक्ष भुपाल राई , सह कोषाध्यक्ष सन्तोस कुमार राई ,सदस्यहरुमा देबराज राई , ईश्वर राई, सिता राई ,बिज्ञान राई ,सुबिन राई ,मिना राई ,दिपिका राई , ज्ञानु राई, नैराज राई, छत्र बहादुर राई ,प्रेम बहादुर राई , शंकर बहादुर राई ,रेखा राई रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend