साझा नेटवर्क
बिमल खड्का, बागलुङ मंसिर ११।
बाग्लुङको क्षेत्र ३ मा छरिएर रहेका माओबादीका पुर्वजनमुक्ती सेनालाई एक रुपता गराउने उदेश्यले भेटघाट कार्यक्रम समापन गरेको छ । कार्यक्रमा २०५२ साल फागुन २ गतेबाट सुरु भएको पाटीको जनयुद्धले अहिले सम्म प्राप्त गरेका उपल्बधीको स्मारण गर्दै महान जनयुद्धमा लगाव भई पाटी र देश जनताका आफनो ज्यान तथा परिवार गुमाए शहिद प्रति मौनधारण गरिएको थियो ।
सोही कार्यक्रममा पुर्व जनमुक्ती सेनाका लागी सरकारले खासै चासो नदिएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।कार्यक्रममा आफुहरु बर्ग सर्धषमा लडेकाले सबै पुर्व जनमुक्ती सेना एक हुनुपर्ने र पार्ट शति र सागठीत गर्दै अगाडी बद्नुपर्ने बताएका छन । सोहि कार्यक्रमा पुर्व जनमुक्ती सेना नेपाल क्षेत्र नम्बर ३ समिति गठन गरिएको छ ।
जस्मा पुर्व जनमुक्ती सेना भिम बहादुर गौतमको अध्क्ष्तामा ११ सदस्य गठन गरिएको छ । जस्को उपाध्क्षयमा पुरन लोप्चन (शुशील) सचिब दोर्ण कुवँर (दर्शन )र अन्य सदस्य रहनुभएको छ ।उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य दधिराम शर्मा सदस्य प्रेम घर्ति वाईसिलय जिल्ला कार्यसमितिका सहसचिब सागर पुन पुर्वजनमुक्ती सेना तथा पाटि कार्यकर्ताको उपस्थित रहेको थियो ।
सोहि कार्यक्रममा अगामी दिनमा समितिले गर्ने काम र चुनौतिको बिषयमा पनि छलफल गरिएको बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend