साझा नेटवर्क
कमल सरगम, काठमाडौं मङ्सिर १०।
तिमीलाई दिएको उपहार पनि बिस्तारै च्यातेर फ्याक्दै छु । तिमी छैनौ अब बाच्नुको के अर्थ रहयोर ।मेरो आँसुको मूल्य पनि बिस्तारै सकिदै गएको छ ।
यस्तै शब्द भावमा अनुबन्धित सुपारी म्युजिक प्रालिको प्रस्तुतिमा प्रबासमा बसेर नेपाली माटोलाई माया गर्दै प्रतिभाशाली सर्जक तथा गजलकार पुरण वियोगको लोकदोहोरी गीत “रोए जव म”बजारमा आएको छ । चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र तेजेन्द्र बिबसको सुमधुर आवाजमा रहेको गीतमा लय तेजेन्द्र बिबसकै रहेको छ ।
रुपा कंडेल र तेजेन्द्र बिबसको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् । सुजन साहिको सम्पादनमा तयार भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका छन भने दृश्य निर्माण सिम्रन फ्लिमले गरको हो । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend