साझा नेटवर्क
साझा नेटवर्क, मङ्सिर १०।
नयाँ शक्ति विद्यार्थी युनियनको पहिलो राष्ट्रिय सम्मेलन आगामी चैतमा बुटवलमा हुने भएको छ । राजधानीमा बुधबार र बिहीबार बसेको संगठनको केन्द्रीय समितिको पूर्ण बैठकले सम्मेलन चैत २४, २५ र २६ गते बुटवलमा गर्ने निर्णय गरेको हो ।
बैकल्पिक विद्यार्थी आन्दोलन निर्माणको दौरान, मुलुकमा नयाँ शक्ति विद्यार्थी युनियनको जन्म भएको यहाँहरुलाई अवगत नै छ । आम नेपाली जनताको राजनीति प्रति भएको वितृष्णा र विद्यमान राजनीतिक दलहरु प्रति भएको असन्तुष्टिको विकल्पको खोजि अभियान आज नेपालमा मात्र होईन विश्व भरि नै भईरहेको छ ।
यसरी वैकल्पिक शक्ति निर्माणको लागि मुख्य भुमिका आजको विद्यार्थी र विद्यार्थी आन्दोलनले नै गर्नेछ । गतिशिल समाज अनुकुलको स्वस्थ वातावरणमा वैज्ञानिक, व्यवहारिक र प्रविधिमैत्रि शिक्षा प्रणालीको लागि हाम्रो संगठन दृढ छ ।
नेपाली जनता र आम विद्यार्थीको भावना, चाहाना र दृष्टिकोण समेट्दै वैचारिक विमर्शबाट समय सापेक्ष दृष्टिकोण, विचार र दर्शनको विकासका लागि हामी विद्यार्थीहरुले दायित्वबोध गर्दै स्थापना भएको संगठन, नयाँ शक्ति विद्यार्थी युनियनको मिति २०७३ मंसिर ८ र ९ गते बसेको केन्द्रीय समितिको पूर्ण बैठक बाट निम्न निर्णयहरु गरेको यहाँहरु मार्फत आम विद्यार्थीलाई हार्दिकतापूर्वक अवगत गराउन चाहान्छौँ ।
१. संगठनको पहिलो राष्ट्रिय सम्मेलन आगामी चैत्र २४, २५ र २६ गते बुटबलमा गर्ने ।
२. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिने र तयारीको लागि अभियान सञ्चालन गर्ने ।
३. “राजनीतिक भागबन्डा विरुद्ध नयाँ शक्ति, विश्वविद्यालयमा बरिष्ठ र प्राज्ञिक व्यक्ति” भन्ने नारा सहित शैक्षिक भ्रष्टाचारको विरुद्ध संघर्ष गर्ने ।
४. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको लागि देशैभरीबाट दबाब दिने ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend