साझा नेटवर्क
तनहुँ, मङ्सिर १० ।
तनहु जिल्लाको साभुंग भगवतीपु–९ फुलामा रहेको श्री भैराबी प्रावि स्कुलको २९औं वार्षिकोत्सवको अवसरमा शुद्ध वडा स्तरीय पुरुष खुल्ला भलिब खेलाउने भएको स्कुलका अध्यक्ष मोहोन रानाभाटले जानकारी गराएका छन् ।
हरेक वर्षको मंसिर महिनाको १५ गते पर्ने उत्सवमा बिगत वर्षहरुलाई निरन्तरता दिदै यस २०७३ साललाई पनि बिभिन्न जनचेतना मुलक कार्यक्रम सहित युनाइटेड युथ क्लवको संयोजनमा हुन गैरहेको उक्त खुल्ला भलिवल खेललाई भव्य र सभ्यताका साथ् सम्पन्न गर्नका लागि सम्पूर्ण भलिबल खेलाडी तथा खेलप्रेमीहरुलाई उपस्थितिका निमन्त्रणा समेत गरका छन् ।
भगवतीपु–९ फुला तथा थाम डाडाको मध्य भागमा पर्ने श्री भैरवी प्रावि स्कुलको मैदान खेलाडीले अधिक मन पराउनेमा एक हो । २९औं उत्सव सम्मक खेल तथा सांस्कृतिक कार्यक्रमहरु शान्त वातावरणमा सम्पन्न भएको जनाउदै मानव जीवनमा सव्य समाजको बिकास भैसकेको जनाउदै यस वर्षको उत्सव पनि विगतकै जस्तो रहने स्कुल प्रधानाध्यापक गोबिन्द राज काफ्लेले बताए ।
पुरुष खुल्ला भलिबल खेलमा बिभिन्न आकर्षण पुरस्कारको व्यावस्था समेत रहेको खेलको टिम सुल्क भने मात्र रु. ३००० रहेको आयोजकले जनाएका छन । भने प्रथम पुरस्कार रु.३०,००० द्धितिय पुरस्कार रु. २०,००० तृतिय पुरस्कार १०,००० सहित प्रमाण पत्र तथा मेडल सहेको छ ।
२०७३ मंसिर १५ गते बिहान १०ः०० बजे देखि सुरु खेलको टिम दर्ता भने पहिलो दिन (२०७३ मंसीर १४) गते नै दर्ता गरिसक्नु पर्ने छ । बिबिध जानकारीका लागि आयोजकको निम्न मोबाईल नम्बरमा सम्पर्क गर्न सक्नु हुने छ ।
(९८०७५००४९,९८०४४९८८९७,९८१३३६६१७४) युनाइटेड युथ क्लव भगवतीपुर ९ फुला तनहु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend