साझा नेटवर्क
हिम शिखर, नयाँ दिल्ली भारत ।
छिमेकी राष्ट्र भारतले कालो धन रोक्नको लागि, भ्रष्टाचार न्यूनीकरण गर्नको लागि र आतंकवादी गतिविधिमा प्रयोग हुँदै आएको जालि नोटलाई रोक्नको लागि भारतीय रुपैयाँ पाँच सय र हजारका नोट बन्द गर्ने घोषणा गरे पश्चात् भारतभर बसोबास गर्दै आएका नेपालीहरुलाई समेत प्रभाव परेको छ । विषेश गरि रोजगारीको सिलसिलामा र अध्ययनको सिलसिलामा रहेका नेपालीहरुको बैंक खाता नभएको र नेपाली प्रमाणपत्रले पुराना नोट सटही हुन नसक्ने भएको छ ।
तीनै यावत समस्या समाधान गर्न दिल्ली स्थित जनवर्गीय संगठन एवं नयाँ शक्ति नेपालको भातृसंगठ्न अन्तर्राष्ट्रिय नेपाली समाज भारतका संयोजक मोहन राउत र अन्तर्राष्ट्रिय विद्यार्थी संघ भारतका संयोजक बादल बस्नेतको संयोजकत्वमा गएको डेलिगेसन टिमले भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई उनकै कार्यकक्ष मै भेटी सम्बन्धित निकाय सग पहल गर्न ध्यानाकर्षण गराउदै पाँच बुदे ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापन पत्र यसप्रकार रहेको छ ।
(१) हाम्रो नजिकैको छिमेकी राष्ट्र भारतले ८ नोभेम्बर २०१६ का दिन गरेको ५०० र १००० भारु रुपैयाँका नोट खारेजीको घोषणापछि हामी भारतमा बस्ने श्रमजीवी देखि विभिन्न पेशा व्यवसाय, अध्यनरत विद्यार्थी लगाएत सर्वसाधारण आदि भारतमा विदेशीएका नेपालीहरुको बिचमा निकै ठुलो समस्या उत्पन्न भएको छ ।सो समस्याको छिटो समाधानको लागि अन्तर्राष्ट्रिय कुटनितिक नियोगद्वारा पहल गरि समस्याको निकास खोजियोस ।
(२) खुल्ला सिमाना र खुल्ला बजार व्यवस्था भएकै कारण अधिकांश नेपाली जनता भरतको बजारमा आयात निर्यात, औसधि उपचार, रोटी रोजीमा निर्भर रहेका हुन्छन् । दिनहु हजारौंको संख्यामा भारत आउने र नेपाल जानेको संख्या उत्तिकै हुन्छ तर हरेक नेपाली जनताले मेहनत, पसिना र रगत संग साटेको भारु रुपैयाँ बदल्ने व्यवस्था सहज र भरपर्दो छिटो छरितो नभएपछि धेरै जसो नेपाली नागरिकहरु भारतिय बजार, बस्ती लगाएत भान्सार मै अलपत्र परेका र दलालहरुको उपयुक्त सिकार बन्न पुगेका छन । यो समस्याको हल सम्बधित निकायबाट तुरुन्त सहज र छिटो समाधान गरियोस ।
(३) भारतमा सामान्य श्रम मिहिनेत गरि खाने साधारण नेपाली नागरिक र भारतका विभिन्न बिद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुको धेरै जसोको बैंक खाता खोल्न असहज भएको कारण रुपैयाँ बदल्न नसक्नुले दिनहु गर्नुपर्ने दिनचर्यामा जटिल सास्ती भोग्नु परेको छ। उक्त समस्याको सम्बन्धित निकायबाट पहल गरि बैंक खाता खोल्न र रुपैयाँ बदल्न भएको समस्याको समाधान गरियोस ।
(४) छिमेकी देश भारत संग भएका बिगतका सम्झौताहरु मध्ये नेपाली नागरिकताले भारतमा बस्ने नेपाली नागरिकको हकमा उसको पहिचान र मुख्य प्रमाण पत्र मानिने र फलतः जसको आधारमा सबै सरकारी निकाय वा गैर सरकारी निकायमा मान्यता पाउने छ भन्ने सम्झौताको कार्यन्वयन गरियोस ।
(५) भारतमा लामो समय सम्म बस्ने सम्पुर्ण नेपाली नागरिकले नेपाली नागरिकता प्रमाण पत्रको आधारमा भारत सरकारले सबै सरकारी वा गैरसरकारी निकायमा नेपाली नागरिकको हकमा उत्तिकै मान्यता दिइयोस् भन्ने जनहितको मागप्रति सम्बन्धित निकाय मार्फत पहलगरि यो व्यवस्था छिटो लागू गरियोस।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend