logo
  • शनिबार, असोज १० २०८३

पाल्पा दुर्घटनामा ज्यान गुमाएका कार्कीको भोली अन्तिम संस्कार गरिने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी मङ्सिर ९।
बुधबार पाल्पामा भएको सडक दुर्घटनामा ज्यान गुमाउनुभएका गुल्मी वामीका बसन्त कार्कीको शब आज उहाँको निवासमा ल्याएको छ । करिब २४ घण्टाको अवधिमा बेलुकी पौने सात बजे उहाँको निवास वामी बसपार्कमा ल्याएको हो । उहाँको भोली शास्त्रिय बिधि अनुसार अन्तिम संस्कार गरिने भएको छ ।
basantभोली बिहान सात बजे वामी ९ सुदी वारी पटिट अन्तिम संस्कारको लागि प्रस्थान गरिने बताइएको छ । उहाँको शव ल्याइए पछि वामी तथा आसपासका स्थानीयहरुले उहाँप्रति समबेदना ब्यक्त गरेका छन । बसपार्कमा उपस्थित सयौको संख्यामा रहेका स्थानीयहरुले उहाँको मृतात्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गरेको हुन ।

उपस्थित हरुको अनुहार पढ्दा सबैका अनुहारको रँग उडेको देखिन्थ्यो । सबैका आँखा आशुले अनि मन पिडाले भरिएका थिए । स्व. बसन्त कार्कीको शवमा नकपा माओबादी केन्द्रको झण्डा ओढाइएको थियो । उहाँ नेकपा माओबादी केन्द्र जिल्ला सदस्य तथा इलाका नम्बर ९का संयोजक पनि हुनुहुन्छ ।

उहाँको मृत्युमा आफुहरु निकै शोकाकुल भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन का केन्द्रिय सदस्य गुल्मी जिल्ला इन्चार्ज रामकृष्ण कंडेलले बताउनुभयो । त्यसेगरी नेकपा माओबादी गुल्मीका जनसरकार प्रमुख गोबिन्द बिश्वकर्मा आकाशले पनि उहाँको निधनले आफुहरुलाइ सहनै गाह्रो भएको कुरा बताउनुभयो ।

स्व. कार्की, रुद्राबति बहुमुखी क्याम्पस वामीका सञ्चालक समितिका सदस्य, महेन्द्र आदर्श उमाबि वामीका शिक्षक अभिभाबहक संघका अध्यक्ष लगायत अन्य धेरै संस्थाहरुमा आबद्ध हुनुहुन्थ्यो । उहाँको निधनले वामी साच्ची नै शोकमा डुवेको छ ।

यसैबिच उक्त दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएको महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटाको पनि स्वास्थ्य स्थितीमा सुधार भएको समाचार प्राप्त भएको छ । उहाँको अहिले काठमाण्डौमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend