साझा नेटवर्क
मितिः २३/११/२०१६
च.न : २०१५/०१६
प.सं.न : ४६
अन्यायमा परेका जिवन थापा मगरकी श्रीमती जोया र उनका दुई नाबालक बच्चाहरुलाई देश निकाला गरिएको काण्डको सत्यतथ्य घटना बाहिर ल्याउन देश बिदेशका न्याय प्रेमी नेपाली जनमानस, संघ संस्थाहरुको अथक प्रयास अनि सहयोग पश्चात नीहरुलाई पुनः नेपाल फर्काउन सफल भएको बारे सर्वबिदितै छ । यस कार्यमा जिवन थापा मगरका मामा कामे मगरको ठुलो योगदान रहेको छ ।
गत मंसिर १,२०७३ का दिन जोया र जिवनथापा मगरको कानुनी रुपमा बिवाहदर्ता प्रक्रियाका लागि जिल्ला प्रशाशन कार्यालय चितवन गएर कानुनी प्रक्रियामा भईरहेको अवस्थामा छानबिन समितिका सदस्य तथा सोलुखुम्बु अनलाईनका पत्रकार महेश राना मगर र कामे मगरलाई जिवन–जोया काण्डमा बिरोध गरेको भनी चितवन प्रशासनले साईबर क्राईमको आरोप लगाई गिरफ्तार गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
प्रकाशित समाचार प्रति चित्त नबुझे वा कुनै किसिमको गुनासो रहे त्यसको लागि कानुनी उपचारको बिकल्प हुँदा हुँदै पत्रकारलाई पक्राउ गरिनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप हो । यसका साथै, पिडितहरुलाई सहयोग गर्नुको सट्टा उल्टै न्यायका लागि पहल गर्ने सहयोगीहरुलाई गलत आरोप लगाएर प्रहरीद्वारा गिरफ्तार गरिनु अत्यन्त निन्दनीय कार्य हो र यस घटनाप्रति नेपाल मगर संघ, शाखा कतार घोर आपत्ति प्रकट गर्दछ ।
अतःपत्रकार महेश राना मगर र न्याय प्रेमी कामे मगरलाई बिनाशर्त तुरुन्तै रिहाई गरियोस्, साथै देशको नियम कानुनलाई आफ्नो हातमा लिएर जीवन मगरको परिवारसँग गलत खेलवाड गर्ने दोषीहरु उपर हदै सम्मको कानुनी कारबाही होस भन्ने हामी जोड्दार माग राख्दछौं ।
यदि कुनै पनि बहानामा रिहाई नगरे विश्वमा रहेका नेपाल देश र नेपाली स्वाभिमान रक्षा गर्न चाहने जनताहरू आन्दोलन गर्न बाध्य हुनेछन । जसबाट निस्कने कुनै पनि परिणामको जिम्मेवार चितवन प्रशासन कार्यालय, आदर्श नारी गृह संस्था, चितवन र राज्य स्वयं हुनुपर्नेछ।
अध्यक्ष
महेन्द्र थापा मगर
नेपाल मगर संघ, शाखा कतार
केन्द्रिय समिति

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend