logo
  • शनिबार, असोज १० २०८३

१६ महिनामा ३ सय विदेशी देश निकाला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, मंसिर ९।
गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ ।
chinese-tourist-in-nepalलागू औषध कारोबार, जाली नोट तस्करी, चोरी/डकैत, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करी लगायतका सामाजिक आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरु नेपालबाट निकालिएको आजको कारोबार दैनिकमा समाचार छ ।

मन्त्रालयको तथ्यांक अनुसार२०७२ साउन देखि १६ महिनाको अवधिमा ती विदेशीलाई उनीहरुकै देश फिर्ता पठाएको हो । अध्यागमन विभागका अनुसार आव ०७१/७२ को अवधिमा ५१ मुलुकका ३ सय २६ विदेशी देश निकालमा परेका थिए ।

प्रहरीसँगको समन्वयमा अनधिकृत रुपमा बसेका विदेशी नागरिकको खोजीका लागि निगरानी बढाइएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend