logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा मृगौला पिडित वालकको जिवन रक्षार्थ सहयोग संकलन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,मंसिर ७ ।
गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानिय वासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका छन् । वाग्ला ७ दुवानेटाका ठग प्रसाद घिमिरेका १६ वार्षिया छोरा सुय घिमिरे दुवै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेका छन् ।ggggggggggggggggggggggg

उनलाई उपचारका लागि काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिए पनि परिवारजनले उपचार खर्चको अभावमा फर्किनु पर्ने अवस्था भए पछि स्थानियवासी सहयोग संकलनमा जुटेका हुन् । स्थानियवासी चुरामणी घिमिरे,मधु घिमिरे,गंगा घिमिरे,सुर्य घिमिरे र सुर्य खनालको टोली कार्तिक ५ गते देखि सदरमुकाम तम्घासमा निरन्तर खट्दै चन्दा संकलन अभियान तिव्र पारेका छन् ।

खनालले दिएको जानकारी अनुसार हाल सम्म तम्घासबाट ६६ हजार ३ सय २५ संकलन भएको छ। सहयोग गर्ने क्रम जारी रहेको छ । विशेष गरी चुरामणी घिमिरे र मधु घिमिरेको सक्रियतामा विभिन्न सरकारी कार्यालय, संघ संस्था र उद्योगी व्यवसायीहरुबाट राम्रो सहयोग संकलन भएको खनाललले बताए । घिमिरे वन्धुहरुले सदरमुकामबाटै सामाजिक सञ्जाल मार्फत पनि देश विदेशमा रहेका नेपालीहरु संग सहयोगको अपिल गरेको र केहि रकम वाहिरबाट पनि जुट्ने क्रम जारी रहेको बताईएको छ ।

मृगौला पिडित वालकका परिवार विहान वेलुकाको गुजारा चलाउन नसक्ने र उनिहरुको पुरै घर–सम्पत्ती बेचे पनि छोरालाई बचाउन नसक्ने अवस्था भए पछि वाग्लाका शिक्षक वुद्धिजिवी, राजनैतिक दल र देश विदेशमा रहेका अन्य वाग्लावासीले पनि सहयोग संकलन अभियान चलाई रहेको चुरामणी घिमिरेले जानकारी दिए ।

पिडित वालक वाग्लाको भगवती उच्च माविका कक्षा ११ का विद्यार्थी हुन् । तस्वीरः अस्पतालको शैयामा जिवन रक्षाको अपिल गर्दै मृगौला पिडित वालक सुर्य घिमिरे

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend