logo
  • शुक्रबार, असोज ९ २०८३

गायक महतले सबै नेपालीलाई एकतामा जोडदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी मंसिर ७ ।
देशको बिग्रदो परिस्थितिलाई खबदारी गर्ने उदेश्यले सार्बजनिक भएको लोकप्रिय गितकार एबं गायक बैकुण्ठ महतको “हाम्रो नेपाल हामी नेपाली” सार्बजनिक भएको छ । देसप्रेमले ओतपूर्ण उक्त सार्बजनिक भएलगत्तै महत यतिबेला चर्चामा रहेका छन् ।baikunthaबिभिन्न खाले मायाँ प्रेममा आधारित लोक तथा दोहोरी गितहरु सार्बजनिक गरेर धेरै दर्सक श्रोताको मनजित्न सफल गायक महतले पछिल्लो एल्वम देसभक्तिपूर्ण गित सर्बजनिक गरेका छन् । महतले यसअघि ‘पानीजहाज’ बोलको गीत बजारमा ल्याएर धेरै दर्सक श्रोताको मनजित्न सफल भएका थिए ।

पानीजहाज गित सार्वजनिक सगै धेरै दर्सक श्रोताबाट देसभत्तिपूर्ण गितको लागी सुझाव आएसगै उनले उक्त गित सार्बजनिक गरेको बताए । गीतमा गायक महत को लय शब्द स्वर र गायिका पूर्णकला बिसीको स्वर रहेको छ । लोक भाकामा आधारित उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन । रेड एप्पल मिडिया प्रालिले बजार ब्यवस्थापन गरेको छ ।

गीत मार्फत नेपालीलाई एकतामा जोड्ने प्रयास महतले गरेका छन् । गीतको म्युजिक भिडियोमा पनि सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । हिन्दू, बौद्ध, मुसलमान र क्रिष्चियन सबै धर्मका मानिस यसको दृश्यमा समेटिएको छ । गितमा गायक महत र अभिनेत्री सरिता लामिछाने र युवराज खनालले मुख्य पात्रको रुपमा अभिनय गरेका छन ।

गितको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पूर्वप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकापरोण गरेका थिए ।


गितको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend