logo
  • शनिबार, भाद्र २० २०८३

आमा शिक्षा कार्यक्रमका लागि सामाजिक सञ्जालबाट ४३ हजार संकलन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

राम सुवेदी, बागलुङ मंसिर ७ ।
जिल्लाको अधिकारीचौर गाउँ विकास समितिमा रहेको ग्रामीण विकास मञ्चले निरक्षर आमाहरुलाई साक्षर बनाउने भन्दै ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने योजना बनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि आइतबारबाट सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान थालिएको छ । सामाजिक परिवर्तनका लागि ‘हाम्रो पनि सामाजिक उत्तरदायित्व भन्दै सुरु गरिएको आर्थिक संकलन अभियान हिजोबाट सुरु गरिएको हो । अभियान सञ्चालन भएकै दास्रो दिन आजसम्ममा कुल ४३ हजार ३ सय रुपैयाँ संकलन भएको अभियानका संयोजक उमेश बुढाले बताउनुभएको छ ।

अभियान सञ्चालनका लागि संयोजक बुढा सहित ७ सदस्यीय टिमले अभियानलाई सामाजिक सञ्जालमा तीव्र पारेका छन् । जस्का सदस्यहरुमा राम सुवेदी, प्रशान्त घर्ति, सुनिलकुमार घर्ति, रमिता पुन, याम घर्ति र प्रेम घर्ति नेपालबाट हुनुहुन्छ भने, दुवईबाट पिताम्बर पाण्डे र नेदरल्याण्डबाट बालकुमार बुढा रहनुभएको छ ।

यसरी अभियानलाई सहयोग गर्नुेहरुमा अहिलेसम्म सबैभन्दा बढी बोंगादोभान घर भई हाल नेदरल्याण्डमा रहनुभएका वालकुमार बुढाले ११ हजार २ सय सहयोग गर्नुभएको छ भने बोबाङ गाउँ विकास समिति वडा नं. १ बस्ने राजेन्द्र क्षेत्रीले ५ हजार सहयोग गर्नुभएको छ ।

अरु सहयोगदाताहरुमा पिताम्वर पाण्डे दुवईबाट २ हजार १ सय, दलबीर भण्डारी अधिकारीचौरबाट २ हजार, लालबहादुर पुन अधिकारीचौरबाट १ हजार, केअरसिंह नेपाली अधिकारीचौरबाट १ हजार, झकेन्द्र नेपाली अधिकारीचौरबाट १ हजार ५ सय, जयन्द्र घर्ति अधिकारीचौरबाट १ हजार ५ सय, जीतबहादुर विक अधिकारीचौरबाट १ हजार, ओम प्रसाद पुन अधिकारीचौरबाट १ हजार, ओम प्रकास घर्ति मगर बोबाङबाट २ हजार ५ सय, कृष्टिना एण्ड ज्याक्टीन पुन अधिकारीचौरबाट १ हजार, गिता परियार अधिकारीचौरबाट ५ सय, सम पुन अधिकारीचौरबाट ५ सय, तथा अभियान्ताहरुबाट ११ हजार ५ सय गरि कुल ४३ हजार ३ सय संकलन गरिएको छ ।

अभियान अझै जारिरहेको र पौष १५ पछि कक्षा सञ्चालनको तयारी गरिने आर्थिक अभियानका सदस्य सुनिलकुमार घर्तिले जानाकारी दिनुभएको छ । राज्यका तर्फबाट समेत वेला वेलामा साक्षरता कक्षा सञ्चालन गर्दै आएता पनि अझैपनि निरक्षर आमाहरुको पहुँचसम्म उक्त प्रयास नपुगेपछि स्थानीय क्लवले यस्तो कार्यक्रम सञ्चालनका लागि प्रयास थालेको छ ।

मञ्चले आफ्नो चौथो वार्षकोत्सव कार्यक्रमका अवसरमा उक्त कार्यक्रम सञ्चालनका लागि योजना ल्याएको हो । उक्त कार्यक्रमको वार्षिकोत्सवका अवसरमा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले उदघाटन समेत गर्नुभएको थियो । आर्थिक संकटका कारण सञ्चालन गर्न अफ्ठेरोमा परेको थियो । यसैबीच आर्थिक जोहो गर्नकै लागि मञ्चले गएको दीपावलीमा भैलो कार्यक्रम सञ्चालन गरेर करिव ९० हजार रुपैयाँ जम्मा पारिसकेको छ ।

पहिलो चरणमा ४ वटा केन्द्र सञ्चालन गर्नका लागि ४ जना स्वयंसेवक शिक्षक, स्टेशनरी सामाग्री खरिद तथा स्वयंसेवक शिक्षकहरुका लागि तालिम लगायतका क्षेत्रमा केही खर्च हुने भएपछि रकम नपुग हुन सक्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा आर्थिक संकलन अभियान थालिएको अभियानमा सदस्य तथा मञ्चका सचिव प्रशान्त घर्ति मगरले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend