logo
  • शुक्रबार, साउन ८ २०८३

डा. बाबुराम भट्टराईको भव्य स्वागतमा जुट्दै अनेस भारत


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

नयाँ दिल्ली भारत, मङ्सिर ६।
नयाँ शक्ति नेपालको अन्तरास्ट्रिय बिभाग अन्तर्गत भारत स्थित सक्रिय संगठन (अनेस )अन्तरास्ट्रिय नेपाली समाज- भारतले हिजो मिति २०/११/२०१६ का दिन हरियाणा राज्यको सोनीपतमा केन्द्रिय परिषद र सचिवालय सहितको पुर्ण बिस्तारित बैठक भब्य र सभ्य रुपमा सम्पन्न गरेको थियो ।
bharatनयाँ शक्ति नेपालका अन्तरिम परिसद सदस्य एवं भारत प्रवासका संयोजक मोहन राउतको संयोजक्तमा बसेको उक्त बैठक आगामी डिसेम्बर महिनाको ११ र १२ तारिकमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको बिशेष उपस्थिति र अन्तरास्ट्रिय नेपाली समाज- भारतको आयोजनामा भारतको नयाँ दिल्ली स्थित रोहिणी (रोहिणी मेट्रो नजिकै)मा हुने भारत ब्यापी बृहत जन सभालाइ कसरि सफल बनाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो।
bharat0अन्तरास्ट्रिय नेपाली समाज-भारत केन्द्रिय परिषद, सचिवालय, बिद्यार्थी संघ र विभिन्न राज्य समिति बाट उपस्थित सम्पूर्ण प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका प्रगति विवरण पेस गर्दै आगामी ११ र १२ डिसेम्बरमा हुने कार्यक्रमलाइ सफल बनाउने प्रतिबद्दता जाहेर गरेका थिए।

कार्यक्रम संयोजक मोहन राउत ज्युले पेस गर्नुभएको आगामी बृहत राष्ट्रिय जन भेलाका कार्य योजनाहरु प्रति सबैले समिक्षा गर्दै ब्यबस्थापनको लागि विभिन्न बिभाग सहित कार्य बिभाजन गरिएको छ। कार्यक्रमको अन्त्यमा संयोजक राउतले उक्त कार्यक्रम भब्य र सभ्य बनाउनको लागि सम्पूर्ण भारत प्रवासमा रहनुहुने नेपाली जनसमुदाय, मजदुर, ब्यावसायी , बिद्यार्थीहरुबाट सहयोग र समर्थनको अपिल गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend