logo
  • शुक्रबार, साउन ८ २०८३

सुशासन अभियान गुल्मीको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, गुल्मी मंसिर ६।
सुशासन अभियान गुल्मीको बैठक संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भयो । यस बैठकले सुशासन अभियान गुल्मी र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबीच सम्झौता भए बमोजिम एड्भोकेसी एण्ड लिगल एड्भाईस सेन्टर (एलाक) आउटरिच कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस कार्यक्रम अन्तर्गत सार्वजनिक निकाय, संस्थान तथा स्थानिय निकाय बाट प्राप्त हुने सेवा सम्बन्धमा बिनाकारण हैरानी, अनावश्यक ढीलासुस्ती अथवा अनियमितता वा भ्रष्टाचार जन्य कार्यबाट पिडित बनेका भ्रष्टाचार वा अनियमिता भएको वा हुदै गरेको देखेका तथा अनियमितता र भ्रष्टाचार जन्य कार्य उजागर गर्न इच्छुक कुनैपनि व्यक्ति, सुचनादाता अथवा समुुदायलाई कानुनी परामर्श प्रदान गरी व्यक्ति अथवा समुदायका त्यस्ता गुनासा समाधानमा आवश्यक सहयोग पुराउदै सार्वजनिक सेवालाई छिटो छरितो सहज र आम नागरिककै लागि पहुँच योग्य बनाउन सहयोग गर्दै सदाचार अभिवृद्धि गराउने खालका गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै एलाक आउटरिच संग सम्बन्धित कार्यक्रमको सहजताका लागि यस संस्थाका सह–सचिव अधिवक्ता श्री विनोद पाण्डेयलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend