logo
  • शुक्रबार, साउन ८ २०८३

बागलुङमा अन्तर्राष्ट्रिय वालदिवस मनाईयो


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बिमल खड्का बागलुङ मंसिर ६ ।
बागलुङ्गमा बालकल्याण समितिको आयोजनामा आज बागलुङ्गमा पनि अन्र्तराष्ट्रिय बाल दिवस मनाईएको छ । ‘संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ दिवस मनाईएको हो ।

सो अवसरमा बोल्ने सहभागिले बाल अधिकारको संरक्षणका लागि सरोकारवाला जीम्मेवार बन्नुपर्ने बताए । बालबालिकाका हक अधिकार सुरक्षित गर्नका लागि घरपरिवार र बिद्यालयले बिशेष ध्यान पुर्याउनुपर्ने भन्दै सहभागिले बालबालिकाको समग्र बिकासको लागि शिक्षानै महत्वपुर्ण माध्यम रहेको बताए ।

सो अवसरमा बोल्दै जिल्ला बालकल्याण समितिका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्ड्यले बालअधिकारको हनन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनु भयो । शिक्षा र चेतनाको माध्यमबाट बालबालिको जीवनस्तरमा सकरात्मक प्रभाव पर्ने चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी पाण्ड्यले जोखिमपुर्ण काममा बालबालिकालाई लगाउने जो कोहीलाई कानुन बमोजिम कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

उहांले जिल्लामा अहिले सम्म बालअधिकार हनन सम्बन्धी कुनैपनि उजुरी नपरेको बताउनु भयो ।
त्यसैगरी जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्रले बालबालिकाको बिकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो । बालबालिकाको शारिरीक मानसिक एबं बौद्धिक बिकासका लागि बिद्यालयमा बिभिन्न समयमा शैक्षिक एबं सृजनात्मक र रचनात्मक गतिबिधी हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्गेस बागलुङ्गका पार्टी सभापति दिपेन्द्र बहादुर थापा,नयां शक्ति नेपाल बागलुङ्गका अर्जुन खत्रि, पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल,सेभ द चिल्ड्रेनका भिमा राई, जिल्ला बाल संजालका अध्यक्ष सुरक्षा खड्का,र बिद्यार्थी प्रेरणा साप्कोटा र बिपिन न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको मुल समारोह पुर्व बिभिन्न प्लेकार्ड सहित प्रभातफेरी पर्दशन गरिएको थियो । जिल्ला बाल कल्याण समिति बागलुङ्गको कार्यालयबाट निश्केको र्यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी बालमन्दिरमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।

कार्यक्रम जिल्ला बालकल्याण समिति बागलुङ्गका सदस्य काजिरोशनको स्वागत मन्तब्य र निमित्त महिला बिकास अधिकृत सरस्वती देबी रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend