logo
  • शुक्रबार, साउन ८ २०८३

नमुना युवा सांसदको निर्वाचन गरी सरकारलाई गरियो व्यंग्य


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बिमल खड्का, बागलुङ मंसिर ६।
बागलुङमा आज नमुना युवा संसदको अभ्यास गरिएको छ । संसदीय अभ्यास, युवाहरुलाई अधिकार र सवालमा बहस पैरवी, विकासमा युवा सहभागिता र क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्यले नमुना युवा व्यवस्थापिका संसदको अभ्यास गरिएको हो ।

लामो समयसम्म स्थानीइ निकायको निर्वाचन नभएको र संसदको समेत निर्वाचन नभई संसिवधान सभाका सभासदलाई साँसद बनाई कार्यसञ्चालन भएको अबस्थामा सरकारको व्यङ्ग्य समेत हुने गरि नमुना युवा संसदको निर्वाचन गरिएको छ ।

स्थानीय र राष्ट्रिय सवालहरु बारे निकै गम्भिर रुपमा छलफल भएको युवा संसदको आयोजना युएन डिपीको सहयोगमा नेपाल युवा संस्था सञ्जाल(आयोन)ले गरेको हो । नमुना संसदको कार्यक्रममा प्रत्यक्ष उपस्थित रहेका बागलुङका सांसद प्रकाश शर्मा पौडेल र म्याग्दीका सांसद नवराज शर्माले कार्यक्रमले आँफुहरुलाई युवाहरुका सवालका साथै सदनमा खेल्ने भुमिकामा पनि अझै बढी संवेदनशिल बनाएको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री,मन्त्री,मुख्य सचेतक र सांसद बनाइएका बिद्यार्थीहरुले यथार्थमा आफ्ना प्रतिनिधि सांसदहरुले अहिले सम्म सदनमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको महुशस भएको बताएका छन् ।

‘संसद बैठकको टेलिभिजनहरुमा प्रत्यक्ष प्रसारण हेर्दा धौलागिरीका दर्जनौ हाम्रा जनप्रतिधिमा एकाधले मात्र आवाज उठाएको पाएका छौ,सांसदको भुमिकामा रहेका बिद्यार्थी सिजन सापकोटाले भन्नुभयो,‘यो कार्यक्रमबाट सांसदले पनि धेरै आवाज उठाउन र भुमिका निर्वाह गर्न सक्छन् भन्ने अनुभुति गरेका छौ, आगामी दिनमा हाम्रा सांसदहरुलाई त्यस्तो भुमिकामा देख्न चाहन्छौ ।’

संसदीय अभ्यास, युवाहरुलाई अधिकार र सवालमा पैरवी, विकासमा युवा सहभागिता र क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्यले नमुना युवा व्यवस्थापिका संसदको अभ्यास कार्यक्रम गरिएको नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष हिमाल महतले बताउनुभयो ।

मुलुकका सात वटै प्रदेशमा आयोजना गर्ने तय गरिएको कार्यक्रम प्रदेश नम्बर ४ को बागलुङमा गरिएको आयोनका कोषाध्यक्ष नारायण कंडेलले बताउनुभयो । अब लगत्तै अन्य प्रदेशमा पनि कार्यक्रम गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend