logo
  • शुक्रबार, साउन ८ २०८३

बागलुङको राजकुत ,खुँखानीमा मतदाता नामावली संकलन भोली दलिङमा सञ्चालन हुने


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बिमल खड्का बागलुङ मंसिर ६।
बागलुङ जिल्लाको पश्चिम राजकुत र खँखानी गाउँ विकास समितिमा हिजोबाट सुरु भएको मतदाता नामावली दर्ता तथा अध्यवधिक कार्यक्रम आज सकिएको छ ।जस अनुसार राजकुत गाउँ २८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन जहाँ १९ जना पुरुष र ९ जना महिला रहेका त्यहाँबाट हाम्रा सहकर्मी मनकुमारी महतले जानकारी दिनुभएको छ ।

यस्तै खँखानी गाउँ विकास समितिमा सञ्चालन भएको शिविरमा ४१ जनाले नामावली दर्ता गराएका छन । जहाँ पुरुष ३७ जना तथा महिला ४ जनाले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर गत कार्तिक २८ गतेदेखि मतदाता नामावली संकलन,र अध्यवधिक गर्ने शिविरनै सञ्चालन गरेको हो ।

जस अनुसार यस अघि पश्चिमको निसी, बोहोरागाउँ,बोबाङ,देबिस्थान बोंगादोभान र अधिकारीचौर्मा शिविर सम्पन भइसकेको छ।यसपछि भोलीबाट उक्त शिविर दलिङमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यलय बागलुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend