साझा नेटवर्क
राम किरण तामाङ, कतार ।
राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति मन्च कतारको गत बिहिवार मिति १७÷११÷२०१६ का दिन सनैया स्थित फरच्युन रेष्टुरेण्टमा मञ्चका अध्यक्ष राज खम्बु (खालिङ राई) ज्यूको अध्यक्षता, तथा बरिष्ठ सल्लाहकार महेन्द्र थापा मगर र सल्लाहकार सदस्य डि.बि. थापा मगरको आतिथ्यमा सचिव अमृत गन्धर्वको सञ्चालनमा “कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम” मञ्चका समर्थक तथा शुभचिन्तकहरुको माझमा सम्पन्न भएको थियो ।
उपस्थित सदस्यहरुमा परिचयात्मक कार्यक्रमवाट शुरु भएको उक्त, प्रशिक्षण कार्यक्रमको प्रशिक्षक राष्ट्रिय जनमुक्ति पाटीको रुपन्देही युवा मोर्चाको दुई कार्यकालका पुर्व अध्यक्ष, लुम्वीनी राज्य परिषद युवा पुर्व अध्यक्ष र रुपन्देही क्षेत्र नं. २ को पार्टी पुर्व अध्यक्ष पार्टी दल ब. थापा मगर (मनन थापा मगर) हुनुहुन्थ्यो ।
कार्यक्रममा उपस्थित महानुभावहरुमा धन्यवाद सहित मन्तब्यवाट कोषाध्यक्ष बुद्ध घर्ति मगरवाट स्वागत गर्नु भएको थियो भने कार्यक्रम पुर्ण सफलताको कामना गर्दै सल्लाहकार महेन्द्र थापामगरले शुभकामना दिनु हुदै “पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता, भ्रष्टाचारको अन्त्य र समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता, “भन्ने नारालाई आत्म साथ गर्दै नेपाल बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक र बहु साँस्कृतिक मुलुक भएकोले आजसम्मको राजनैतिक ब्यवस्थाले बहुसंख्यक रुपमा रहेका आदिवासी जनजाति, उत्पिडित, दलित, मुस्लिम, अल्पसंख्यक एवं पछौटाईएका समुदाय र महिलाहरुलाई राज्यको निति निर्माणमा सहभागी नगराएको भन्दै हालसम्मको राजनैतिक परिवर्तनवाट संविधान र ऐन कानुनमा कागजी रुपमा भेदभाव कम गरिएता पनि ब्यवहारमा जातिय/लैंगिक/क्षेत्रिय/धार्मिक भेदभाव, शोषण र उत्पीडनमा राखेको मा गहिरो खेद प्रकट गर्नु भएको थियो ।
प्रशिक्षक डि.बि. थापा मगरवाट राजनिति के हो ? किन गर्नु पर्छ ? सरकार÷सत्ता भन्नाले के बुझिन्छ ! सरकार/सत्ता मा रहेकाहरुवाट निति निर्माण, सुरक्षा, न्यायपालिका र कार्यपालिकाको बारेमा स्पष्ट पार्नु भएको थियो । यसरी नै आदिवासी ÷जनजाति तथा दलितहरुको बिकाशक्रम, यसको भुमिका र बर्तमान सत्तामा भएको के कति अधिकारहरु रहेको छ भन्ने वारेमा र आई. एल. ओ. १६९ को वारेमा खुलस्त रुपमा बर्णन गर्नु भएको थियो । प्रशिक्षणको क्रममा थापाले बर्तमान संविधानले आदिवासी जनजाती, दलित, मधेशी, महिला, सीमान्त कृतहरुलाई अधिकारबाट बन्चित गरेकोले संविधान पुनर्लेखन गरिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
भने राष्ट्रिय जनमुक्ति पार्टी को स्थापना, बहुजातीय लोकतन्त्र, समाजवाद, पार्टी को निर्देशक सिद्धान्त अनि बहुजातीय लोकतन्त्र जातीयमुक्ति, वर्गीयमुक्तिको बारेमा प्रष्ट पार्नु भएको थियो । पार्टिको मार्गनिर्देशक सिद्धान्त जनमुक्ति विचारधारालाई आत्म साथ गर्दै पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता , राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकाशको आधार, जातिय समानुपातिक प्रतिनिधित्व र संघात्मक सरकारको मुल मन्त्र सहित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा बहुजातिय लोकतान्त्रिक समाजवाद स्थापनाको लक्ष्य राखि यस पार्टि अगाढी बढिरेहको बताउनु भयो । उहांले पार्टिको उद्येश्य, पार्टीको घोषणा पत्र, आचारसंहिता र विधानको वारेमा खुलस्त पार्नु भएको थियो ।
अन्तमा, उपस्थित सदस्यज्युहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै दोहाको हरेक स्थानवाट जनमुक्ति कामी अभियान चलाउनका लागि आग्रह गर्दै सभापतिज्युले कार्यक्रमको अन्त्य गर्नु भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend