साझा नेटवर्क
हिम शिखर, नयाँ दिल्ली भारत मंसिर ५ ।
भारतको राजधानी नयाँ दिल्ली स्थित लक्ष्मीनगरमा यहि मिति नोभेम्बर १९ को दिन नयाँ शक्ति विद्यार्थी युनियन नेपालको भातृ संगठन “अन्तर्राष्ट्रिय विद्यार्थी संघ भारत” गठन भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाज भारतको मातहतमा भारत भर उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थिहरु बिचमा दिल्लीमा अध्ययनरत विद्यार्थी द्वयबादल बस्नेत र राजु भट्टराईको सक्रियता र नयाँ शक्ति नेपालका अन्तरिम परिसद सदस्य एवं भारत प्रवासका संयोजक मोहन राउतको विशेष उपस्थितिमा बसेको बैठ्कले नयाँ शक्ति नेपाल पार्टीको नीति, उदेश्य, यस्को भावी कार्य योजना बारे वृहत् छलफल र अन्तर्कृया गरि विद्यार्थीहरुले खेल्नु पर्ने भुमिका र कर्तव्य बारे स्पष्ट पार्दै नयाँ कार्यसमिती समेत गठन गरेको छ ।
उक्त संगठन मा सि.ए विद्यार्थी बादल बस्नेतको संयोजकत्वमा २ रिक्त पद सहितको ११ सदस्यीय केन्द्रिय सम्पर्क समिति निर्माण भएको छ। जसमा सदस्यहरुमा दिल्ली बाट राजु भट्टराई, कविन्द्र जोशी, र सम्राट थापा ब्याङलोरबाट बिदुर लामिछाने र नवराज बस्याल, मुम्बई महाराष्ट्र बाट सुमित्रा सुनार, गोवाबाट अमोद क्षत्री र पन्जाबबाट महेन्द्र खड्का रहनु भएको छ।
उक्त बैठकले निकट भबिस्यमा भारतमा हुनगइरहेको अन्तरास्ट्रिय नेपाली समाज भारतको राष्ट्रियभेलालाई भब्य रुपमा सफल पार्ने निर्णय भएको संयोजक बाद्ल बस्नेतले साझा नेटवर्कलाई बताउनु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend