logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङ्मा न्वागी मेलाको औपचारीक रुपमा समुद्घाटन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे/प्रकाश घिमिरे,  बाग्लुङ मंसिर ५ ।
बाग्लुङ्को ग्वालीचौरमा आयोजना गरिएको न्वागी मेलाको आज औपचारीक रुपमा समुद्घाटन गरिएको छ । कार्यक्रमको आज जिल्ला प्रशासन कार्यालय बाग्लुङ्का प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले समुद्घाटन गर्नुभएको हो । उहाँले पानसमा बत्ति बालेर तथा कार्यक्रमको ब्यानर खोलेर कार्यक्रम उद्घाटन गर्नुभयो ।

1कार्यक्रममा बाग्लुङ्का स्थानीय बिकास अधिकारी राम प्रसाद अचार्य, सम्मानीय राष्ट्रपतिका स्वकिय सचिवालयका जनसम्पर्क अधिकृत हिरामणी आचार्य, शिक्षक संगठन जिल्ला अध्यक्ष सागर खरेल, नेकपा माओबादी केन्द्रका केन्दिय सदस्य द्धोय राजीव घिमिरे, अनन्त शर्मा,नेकपा एमले जिलल अञ्चल कमिटि सदस्य शुनिल शेरचन,नेपाली काङ्ग्रेस जिल्ला सदस्य द्धोय सरस्वती आचार्य, गण्डकी थापा,स्वास्थ्य बिमा कार्यक्रम प्रमुख जिवलाल खरेल, बिभिन्न गाँउ बिकास समितिहरुद्धारा बिभिन्न पार्टीका प्रतिनिधिहरु, बिभिन्न बिद्यालय तथा क्याम्पसहरुका प्रमुख तथा प्रतिनिधिहरु,शिक्षक,बिद्यार्थी, ब्यापारी, पत्रकार, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, स्थानीय बासिन्दा लगायत गरी हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो । 15151457_1884701245097708_179734686_n कार्यक्रम प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय, स्थानीय बिकास अधिकारी राम प्रसाद आचार्य, नेपाली काङ्ग्रेस जिल्ला सदस्य सरस्वती आचार्य, नेकपा एमाले अत्तचल कमिटि सदस्य शुनिल शेरचन, नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द्र बुढा सागर लगायतले आफ्नो धारणा राख्दै न्वागी मेला पौदीबासी हरुको पहिचान सँग जोडिएको हुनाले यसलाइ सदैव बाचाइराख्नुपर्ने बताउनुभइएको थियो ।

2कार्यक्रममा मेलाका संयोजक कलाधर घिमिरेको अध्यक्षता, भैलो संयोजक तिर्थमणि शर्मा भुषालले स्वागत मन्तब्य तथा उदटन सत्र मेलाका सचिब बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । त्यसैगरी साँस्कृतिक कार्यक्रमको सञ्चालन समाजसेवी राम बहादुर कुवँर, शिक्षक योगेन्द्र खरेल, तथा समिर आचार्यले गर्नुभएको थियो । कार्यक्रममा ब्यापार, प्रदर्शन, खरेलकुद लगायत गरी एक सय ५ स्टलहरु रहेका छन । भने हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो भने स्थानीयलाइ राष्ट्रिय कलाकारहरु मिना लामा तथा चिजा तामाङले भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

3त्यसैगरी मेला अवधिभर स्थानीयहरुलाई सर्कस, जादु, खेल लगायतका क्रियाकलापहरुले पनि रोमाञ्चित बनाएको थियो । मेलामा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगीतामा १८ समुहरुको सहभागीता रहेको छ भने खेल आजबाट शुरु भएको छ । शुक्रबार बाटै शुरु भएको खुल्ला रेकर्ड डान्स प्रतियोगीतामा २५ समुहको सहभागीता रहेका छ ।

15135578_1884695451764954_492717238_nमेला सहज रुपमा सुसम्पन्न गर्नैको लागि आर्थिक संकलन अभियानलाइ तिव्रता दिइरहिएको र अझै आर्थिक रकम अपर्याप्त भएको मेला ब्यबस्थापन समितिका कोषाध्यक्ष प्रदिप खरेलको भनाइ छ । यसैबिच हिजो दिउँसो २ बजेर २ मिनेटको शुभ साइत पौदीबासीहरुले न्वागी खाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend