साझा नेटवर्क
सुवास वि.सी गुल्मी,मंसिर ५ ।
गुल्मीको जुभूङ्ग २ झिरवासमा शैक्षिक तथा धार्मिक महोत्सव हुने भएको छ । श्री काब्रेपोखरी उच्च माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा यस क्षेत्रकै नमुना शैक्षिक संस्था निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य तेजेन्द्र खड्काले बताउनु भयो ।
पौष २५ गते देखि माघ ५ गते सम्म संञ्चालन हुने धार्मिक महोत्सवमा १००८ शालिग्रामपुजा,अर्धना,परिक्रमा,विराट धनधान्य महापर्व,राष्ट्रिय कला प्रस्तुत,५१०० भन्दा बढि शान्ति कलाश पुजन,संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ,योगविज्ञान शिविरको साथमा अन्तराष्ट्रिय कथा वाचक श्रद्धेय श्री गोविन्दहरण महाराज जीको मुखर विन्दुबाट दैनिक प्रवचन हुने छ ।
जिल्लाकै एउटा नमुना शैक्षिक सस्थाको रुपमा विकास गर्नका लागि देश विदेशमा रहने नेपालीहरुले धार्मिक महोत्सवमा आफु शग्दो दानको पनि अपेक्षा गरेको बताउनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend