logo
  • शनिबार, साउन ३० २०८३

उर्जा संकटमा रहेको बुर्तिबाङमा नयाँ विद्युत भित्रियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

राम सुवेदी, बागलुङ मंसिर ४।
विस्तारिदै गएको बुर्तिबाङ बजारमा सधै अभावका रुपमा खडकिएको उर्जा संकटलाई ध्यानमा राख्दै शुक्रबारबाट बुर्तिबाङमा बजारमा नयाँ विद्युत भित्रिएको छ । बुर्तिबाङमै उत्पादन भएको रिठाखोला लघु जलविद्युत आयोजनाबाट यहाँसम्म विद्युत विस्तार गरिएपछि, उदघाटन गरिएको छ ।

बुर्तिबाङ बजारलाई लक्षित गरि निर्माण गरिएका यहाँ ३ वटा लघुजलविद्युत आयोजनाहरु भुजीखोला लघुजलविद्युत आयोजना र आरसिजी लघुजलविद्युत आयोजना ए र बि अहिले पनि सञ्चालनमा छन् । यि आयोजनाहरु दर्ता र कागजी कार्वाहीमा कोही सामुदायिक छन । कोही सहकारी प्रणालीमा छन तर सञ्चालनमा व्यक्तिगत बनाएर उपभोक्तालाई मनपरि रकम असुल्दै आएको भन्दै कार्यक्रमकै अवसरमा मञ्चकबाट विरोध भएको छ । तिनवटा विद्युत आयोजनाले बजार क्षेत्रमा प्रयाप्तमात्रमा विद्युत पु¥याउन कठिन भइरहेको छ ।

विद्युत संकटको विषयलाई मध्यनजर गर्दै यहाँका सरोकारवालाहरुले वेला वेलामा गाविस कार्यालयमा समेत आयोजना गरिएका सर्वदलिय, सर्वपक्षिय बैठकबाटै बजार क्षेत्रमा विद्युतको विकल्प खोजिने निर्णय समेत गर्दै आएको थियो । २०७० साल चैतमा गाउँ विकास समितिको कार्यालयमा बसेको एक सर्वपक्षिय सर्वदलिय बैठकले, रिठाखोला लघुजलविद्युत आयोजनाको बढी उत्पादन भएको विद्युत बुर्तिबाङमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयलाई आधार मान्दै यतिवेला बजारमा उक्त विद्युत ल्याइएको विद्युत विस्तार कार्यसम्पादन समितिका संयोजक चिन्तामणी शर्माले बताउनुभयो ।

आयोजना र विद्युत विस्तार कार्यसम्पादन कार्यदलबीच ३ वर्षका लागि संझौता गरि बजारसम्म विद्युत ल्याउँदा २५ लाख रुपैयाँ खर्च लागेको समितिले कार्यक्रमका अवसरमा जानाकारी गराएको छ । रिठाखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष गौरीश्वर पाण्डेको अध्यक्षता रहेको उदघाटन कार्यक्रममा यहाँ स्थित राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवाला उपभोक्ता तथा आयोजनाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

बुर्तिबाङ गाउँ विकास समितिको कार्यालयका सचिव एवं अध्यक्ष चण्डीराज पौडेलले, प्रमुख अतिथिका रुपमा बोल्दै, ‘बजार क्षेत्रमा संकटपूर्ण अवस्थामा रहेको उर्जा समस्यालाई मध्यनजर गरि रिठाखोला लघुजलविद्युत आयोजनाको विद्युत यहाँसम्म ल्याएर समस्या हल गरेको भन्दै कार्यसम्पादन समितिलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै, ‘अव यहाँ विस्तार भएको बजार क्षेत्र र यहाँ स्थापित उद्योग धन्दालाई यति मात्र विद्युतले नपुग्ने भन्दै केन्द्रिय प्रशारणको लाईन विस्तारमा योजना अघि बढाउन यहाँका दलहरुलाई प्रमुख अतिथि पौडेलले आग्रह गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहनुभएका उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका अध्यक्ष एवं विद्युत विस्तार कार्यसम्पादन समितिका संयोजक चिन्तामणी शर्माले, ‘समाजमा रहेर समाजकै हितमा कस्ले के कति योगदान दिन्छ भन्ने सवाल भोलीका पुस्ताले हिसावमा राख्ने भन्दै, मानिस आफैमा सामाजिक प्राणी भएकाले सामाजिक कार्य गरेर साुदायको हितमा अग्रसर हुनु पर्नेमा जोड दिनुभएको छ ।’
यस्तै संयोजक शर्माले, ‘बजारमा संकटका रुपमा रहेको विद्युत समस्या हल गर्न रिठाखोलाको विद्युत ल्याउँदै गर्दा कार्यसम्पादन समितिका उपसंयोजक सहितलाई यहाँको आरसिजी लघुजलविद्युत आयोजनाका सञ्चालकले पुनरावेदन अदालतमा मुद्धा हालेको विषयलाई उठान गर्नु भएको थियो ।

यस विषयमा संयोजक शर्माले, ‘केही पैसा कमाउने निहुमा काला कोट लगाएका र घुम्ँने कुर्सीमा बस्ने वकिलले भोली मुद्धा मामिलामा जित हारको फैसलासम्म त पु¥याउलान तर मर्दाको मलामी र जिउँदाको जन्ती भने ति वकिलले जम्मा पार्न नसक्ने भन्दै यसो नगर्न आरसिजीका सञ्चालकलाई आग्रह गर्नुभयो । बजारमा विद्युत ल्याईदै गर्दा कार्यसंपादन समितिका उपाध्यक्ष निलबहादुर पुन, आयोजनाका अध्यक्ष गौरीश्वर पाण्डे, जिल्ला प्रशासन कार्यालय र सहकारी डिभिजन कार्यालय बागलुङलाई विपक्षी बनाएर आरसिजी लघुजलविद्युत आयोजनाका सञ्चालन चित्रबहादुर भण्डारीले मुघा दायर गरेको बताइएको छ ।

आफ्नो विद्युत विजस्तार कार्यक्षेत्रमा अर्को कार्यक्षेत्र भएको विद्युत ल्याइएको भन्दै मुद्धा हालिएको भण्डारीको भनाई छ । उता कार्यसम्पादन समितिका उपसंयोजक निलबहादुर पुनले, ‘यहाँका विद्युत सञ्चालकले, उपभोक्ताहरुका नाममा कृते हस्ताक्षर गरेर राज्यबाट आउने अनुदान आफ्नो खल्तीमा हाल्ने र उल्टै यहाँका उपभोक्तालाई विभिन्न बहानामा मनपरि रकम असुलेर मारमा पार्दै आएको आरोप लगाउनुभएको छ ।

उहाँले , ‘बजारमा समस्याको रुपमा रहेको उर्जा संकटलाई टार्ने उपाय खोज्ने टिमलाई हतोत्साही बनाउन, मुद्धा मामिलाको बाटो खोज्नेहरुलाई नेपालको कानुनी विधि र शासन के छ भन्ने हामीले पनि सिकाउने बताउँदै, उपभोक्ताका नाममा राज्यको विधि र विधान उल्लंघन गर्दै उपभोक्ता हित विपरित जनलाई मनपरि रुपमा जडान शुल्कका नाममा ५० हजार देखि १ लाखसम्म रकम उठाउँने, नामसारी र ठाउँ सारीका नाममा १५÷१५ हजार रुपैयाँ उपभोक्ताबाट असुल्ने अनी कही नभएको लुट प्रवृत्ति मच्याउनेहरुले प्रति युनिट १५ रुपैयाँ असुल्दै आएको बताउनुभयो ।’ अव यहाँ कम मुल्यमा विद्युत जोडन सकिने र प्रति युनिट ५ रुपैयाँ सस्तोमा विद्युत महसुल तिर्नेगरि विकल्प आएपछि हिजोदेखि साधारण गरिव जनता चुस्नेहरुलाई रातको निद्रा हराम भएको बताउनुभयो ।

उपसंयोजक पुनले, ‘मनपरि गर्नेहरुले अतालिएर मुद्धा मामिलाको प्रक्रियामा गएको भन्दै, यस्ता काला कर्तुत गर्नेहरुलाई जनताले छिट्टै चिन्ने बताउनुभयो ।’ आयोजना गरिएको उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका मेषलाल शर्मा, नेकपा एमालेका केशर छन्त्याल, माओवादी केन्द्रका चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चाका चुनमान दर्जी, माओवादी क्रान्तिकारीका विरबहादुर विक तथा विप्लव माओवादीका हरीबहादुर कुवँर, उत्तरगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर कुवँर, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य लोकेन्द्र सुनार लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले, ‘बुर्तिबाङ बजारमा सञ्चालनमा आएको विद्युत सञ्चालकहरुले एकाधिकार लादेर उपभोक्ताको हित विपरित जडान चार्ज महशुल उठाउने, नामसारी र ठाउँ सारीका नाममा मोटो रकम असुल्दै आएको भन्दै आलोचना गरेका छन् ।
रिठाखोला लघुजलविद्युत आयोजनाबाट ल्याइएको विद्युत बुर्तिबाङ बजारमा १ सय ८० उपभोक्तालाई मात्र वितरण गरिने भएको छ । विद्युत ल्याउँदा आएको खर्चका लागि प्रति उपभोक्ता ११ हजार शुल्क लिइने आयोजनाका म्यानेजर नारायण घर्तिले जानाकारी दिनुभएको छ । घर्तिका अनुसार यहाँसम्म विद्युत ल्याउँदा २५ लाख खर्च आएको छ ।

१ सय उपभोक्ताबाट १९ लाख ८० हजार संकलन हुने र वाँकी ५ लाख २० हजार आयोजनाकै रकम खर्च हुने उहाँले बताउनुभयो । यस्तै अहिले बजारमा रहेको विद्युत महसुल प्रति युनिट १५ रुपैयाँ कायम गरिएको छ । आ जोडिने विद्युतमहसुल उपभोक्तालाई यसको प्रति युनिट १० रुपैयाँ मात्र लिइने भएको समेत घर्तिले बताउनुभएको छ । नयाँ विद्युत जोडने उपभोक्ताहरु प्रति य्निट ५ रुपैयाँ सस्तो महसुलमा पर्ने भएका छन् ।

७४ किलोवाट विद्युत उत्पादन हुने उक्त विद्युतको बुर्तिबाङको वडानं. ७, ८ र ९ तथा बोंगादोभानको वडा नं. ९ मा गरि कुल ४ सय ५७ उपभोक्ताले उपभोग गर्दै आएका छन् । आयोजनाको बढी लोड हुँदा अहिले ४० किलोवाटसम्म विद्युत खपत हुँदै आएको र अरुवेला १०÷१२ युनिटमात्र खपत हुँदै आएकोले वाँकी विद्युत बजारसम्म ल्याएर प्रयोगमा आउने बताइएको छ । बजारसम्म विद्युत ल्याइदा ५० किलोवाट क्षमता भएको ट्रान्सफर्मर प्रयोग गरिएको छ । सडकहरुमा ११ मिटर अग्ला पोलरु विस्तार गरि व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend