साझा नेटवर्क
निरोज कुमार थापा,रामेछाप मंसिर ४।
रामेछापमा उद्योग बाणिज्य संघले आज चियापान कार्यक्रमको आयोजना ग¥यो । नवनिर्वाचित कमिटीले गरेको चियापानमा उद्योग बाणिज्य संघले आगामी दिनमा गर्ने महत्पूर्ण कामको बारेमा छलफल भएको बताए।
नवनिर्वाचित कमिटीले रामेछापमा सेवा उद्योग कमजोर रहेकाले यसको बिकास र बिस्तार गर्ने,मन्थली लगायतका मुख्य बजारमा महङ्गी बढेकोले यसलाई नियन्त्रण गर्न पहल थाल्ने बताएका छन् ।रामेछापमा ठूला मालबाहक सवारी साधन प्रबेशमा रोक लगाईदा त्यसकोे प्रभावले जिल्लामा महङ्गी आकाशिएको भन्दै नवनिर्वाचित कमिटीले सिन्धुली बर्दिबास सडकखण्डमा ठूला सवारीसाधनलाई लागेको प्रतिबन्ध खुलाउन सम्बन्धित पक्षसँग छलफल अघि बढाईने जनाएको छ ।
जिल्लामा रहेका उद्योगीको हित र सबैको सल्लाह लिएर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्याम थापाले बताए । चियापान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, ब्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend