साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर ३ ।
गुल्मीबाट सरुवाहुनु भएका स्थानीय विकाश अधिकारी डिलाराम पन्थीलाई पत्रकार महासघ गुल्मीले विदाई गरेको छ । २ बर्ष सम्म गुल्मी जिल्लामा रहेर उहाले गर्नु भएको काम र प्रगतिको समिक्षा गर्दै एक कार्यक्रमका विच पन्थीलाई विदाई गरेको हो ।
जिल्लामा बस्दा उहाले जिल्लाको विकाश निर्माणमा पुराएको योगदान , स्थानिय निकाएको सेबा प्रभाहमा भएको परिर्वनलाई पत्रकारहरुले खुलेर प्रसंसा गरेका थिए । पत्रकारहरुले उहाँबाट धेरै कुराहरु सिक्नुपर्ने भन्दै गुल्मीबाट बिदाइ भएर गएपनि गुल्मेलीहरुलाई नभुल्न र बेला बखतमा राम्रा कामको लागी सुझाव सल्लाह दिँदै जान आग्रह गरेका थिए । पन्थीलाई सम्मान पत्र,माया चिनो ,प्रदान गदै थप कार्यसफलताको शुभकामना सहित विदाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै पन्थीले गुल्मीमा पत्रकारहरुसँग डराउनु पर्छ भन्ने सुनुको भएता पनि आफुले त्यस्तो नपाएको बताउनु भयो । उहाँले पत्रकारसँग लुकेर काम गर्नु पर्छ भन्ने सुनेपनि गुल्मीमा रहुन्जेल त्यस्तो नपरेको कुरा उल्लेख गर्नु भएको थियो । आफु गुल्मीकै नागरिक हुनाले पन्थीले गुल्मीबाट आफु विदाइ भएर गएपनि आगामी दिनहरुमा जिल्लालाइ सम्झिरहने समेत बताउनु भयो ।
पत्रकारहरु संग स्थानिय बिकास अधिकारी पन्थीले आफु गुल्मीमा २ वर्ष १० दिनको अवधि भित्र रहदा सम्म गरेका कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । आफु २ वर्षको अवधिमा गुल्मीमा रहदा पुराना योजनाहरु सम्पन्न गरेको र जिल्लाको एयरर्पाट निर्माणमा पनि जिल्लाविकास समितिले सहयोग गरेको बताउनु भयो ।
स्थानिय विकाश अधिकारी डिलाराम पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दैनिक पत्र नेपालका कार्यकारी र्निदेशक बालकृष्ण चापागाई , जिल्ला विकाश समिती गुल्मीका सुचना अधिकृत शकंर गौतम, जिल्ला स्थित विभिन्न संञ्चार माध्यमा आबद्ध पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
सोहि अबशरमा जिल्ला विकाश समिती गुल्मीले पत्रकार महासंघ गुल्मीलाई एक थान कम्पूटर, र प्रिन्टर प्रदान गरेको छ । पन्थीलाई जिल्ला विकास समिति गुल्मी, कर्मचारी मिलन केन्द्रले गुल्मी, आशा अपाङ्ग केन्द गुल्मी, जिल्ला खेलकुद विकास समिति गुल्मी लगायतका विभिन्न संघ सस्थाँहरुले बिधाई गरेका छन् ।
विदाई गर्ने विभिन्न संघ सस्थाहरुले स्थानिय विकास अधिकारी पन्थीलाई मायको चिनो प्रदान गर्नुका साथै उहाँको उत्तर उत्तर प्रगतिको शुभकामना दिएका थिए । स्थानिय बिकास अधिकारी पन्थीलाई दैलेखको जिल्ला बिकास समितिको कार्यालयमा सरुवा हुनु भएको छ भने गुल्मीमा कल्पना श्रेष्ठ आउँदै हुनुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend