logo
  • शुक्रबार, असोज ९ २०८३

गगन थापालाई भारतको बैङ्लोरबाट बिदुर लामिछानेको खुल्ला पत्र


  • बिदुर लामिछाने
  • शुक्रबार, असोज ९ २०८३

सम्माननिय स्वास्थ्य मन्त्री गगन थापा ज्यु नमस्कार !

हजुर युवा नेता, लोकप्रीय नेता, जनताको नेता, अनि आसिन सम्माननीय महामहिम मन्त्री, त्यो लोकप्रीय गगन, मध्यम परीबारको गगन, बिध्यार्थि सेबामा समर्पित, जनतामा उत्तरदायि, जनप्रीय, लोकप्रीय नेता गगन आज मन्त्री छ ।
gagan-thapa-57d360c5ec0ef5-55604375
त्यो पनि हाम्रो जस्तो गरिब देशको स्वास्थ मन्त्री, म यसरी हजुरको कूरा गरीरहदा हजुरलाई हामी नेपालीले मन्त्री पाउँदा जुन गर्ब थियो । आज देसको स्वास्थ क्षत्रमा जुन अभाव ,असहजता, बिषम परीस्थिती पैदा भएको छ । जनता उपचार नपाएर बेडमा सड्न बाध्य छन । राज्यको हरेक निकाय भ्रष्टचार, घूस, गुन्डा दलाल, ईत्यादीले चुसेको छ ।

रोगले ग्रस्त छ, तर सरकार भने हजुर जस्ता नेता, अनि तिनका पार्टी र बिदेसिको गुलामी गर्न ब्यस्त छ । हजुर कहिलै ती दुर्गम जिल्ला हुम्ला, जुम्ला, दैलेख, कालिकोटको बिकराल समस्या, बारे सोच्नु भएको छ? आज पूर्व उपप्रधानमन्त्री सुजता कोइराला ज्युको ऊपचारको नाउँमा ५० लाख सरकारले दिने निर्णय गर्ने अधिकार कसले दियो ।

यदि सुजता कोईरालालाई ५० लाख दिने अधिकार छ भने उनको सम्पती छानबिन गर्ने अधिकार लोकमानलाई किन छैन? हो लोकमान अयोग्य थिए,अहिले महाअभियोग प्रस्ताब दर्ता गर्न हजुर सक्रिय हुनूहुन्छ। महाअभियोग अब तपाइँलाई किन नलगाउने? महाअभियोग लगाउन नेपाली जनतालाई अधिकार छ की छैन ?

सुजता कोइरालाले आफैं हस्ताक्षर गरेर ०६७ भदौ २३ गते सरकारलाई सम्पत्ति विवरण बुझाएकी थिइन । त्यतिबेला सार्वजनिक भएको सम्पत्ति विवरणमा उनको नाममा करिब २ अर्ब बराबरको जमीन रहेको छ । बिराटनगर उपमहानगरपालिका ९ नम्बर वडा र बखरीमा सुजाताका नाममा अहिले १४ बिघा जमिन छ ।

तराईमा चलन चल्तीमा रहेको जग्गा नाप विधिमा एक विघामा २० कठ्ठा जमिन हुन्छ । विराटनगर उपमहानगरपालिकाको घडेरी किनबेचमा देशकै सबैभन्दा महंगो स्थानमा पर्छ । काठमाडौको न्यूरोड, दरबारमार्ग क्षेत्रका केही रोपनी नेपालकै सबैभन्दा महंगो जमिनमा पर्न सक्छ। त्यसपछि विराटनगर उपमहानगरपालिकाको घडेरीका लागि सबैभन्दा महंगो ठाउँ हो। त्यस्तो महंगो ठाउँमा सुजाताका नाममा कम्तिमा १५ विघा १४ कठ्ठा जमीन रहेको छ ।

तराईको एक कठ्ठा जमिन भनेको पहाडको १ रोपनीभन्दा बढी क्षेत्रफलको हो । विराटनगर मोरङ उपमहानगरपालिका वडा नम्बर ३ मा थप ८ कठ्ठा, १० धुर जमिन छ ।मोरङ्गकै डाइनिया गाविस वडा नम्बर ६ को कित्ता नम्बर घर छ । करिब ८ कठ्ठाको क्षेत्रफलभित्र पर्खालले घेरिएको ३९ मा ११ कठ्ठा १५ धुर जमिन छ । यसै गाविसको वडा ७ मा कित्ता नम्बर ४० मा फैलिएको २ कट्ठा, मोरङ उपमहानगरपालिका वडा नम्बर ३ मा थप ८ कठ्ठा, १० धुर जमिन छ ।

मोरङ्गकै डाइनिया गाविस वडा नम्बर ६ को कित्ता नम्बर ३९ मा ११ कठ्ठा १५ धुर जमिन छ । यसै गाविसको वडा ७मा कित्ता नम्बर ४० मा फैलिएको २ कठ्ठा १२ धुर जमिन छ। त्यसै क्षेत्रमा कित्ता नम्बर ४२ मा ४ कठ्ठा १२ धुर थप जमिन छ भने त्यहीँ कित्ता नम्बर ४९ मा १२ कठ्ठा १४ धुर अर्को प्लट छ । कोइरालाका नाममा करिब १५ विघा १४ कठ्ठा जमिन देखिन्छ ।

सामान्यतः सबैभन्दा कमजोर भौतिक पूर्वाधार भएको जमिनको समेत कम्तिमा पनि एक विघा बराबर एक करोड मूल्य पर्छ । यो मध्ये नेतृ कोइरालाको करिब २ विघा जमिन निकै महंगो मूल्य पर्ने संरचनामा फैलिएको छ । यी जमिनको विवरण सुजाता कोइरालाले आफै सार्वजनिक गरेकी हुन् । २५ करोडको जमिनमा एक करोडको घर कोशी अञ्चल अस्पतालको ठीक अघि एउटा विशाल सेतो घर छ ।

उक्त घर नेतृ सुजाता कोइरालाको आफ्नै नाममा छ। सुजाता बिराटनगरमा रहँदा त्यही घरमा बस्ने गर्छिन् । सञ्चारकर्मी धु्रव भट्टराईका अनुसार कम्तिमा पनि त्यो घरको मूल्य १ करोड भन्दा बढी पर्छ । घर वरपर फैलिएको ८ कठ्ठा जमीनलाई कम्तिमा पनि २५ करोड बराबर मूल्य पर्छ । सुजाताको घर भएको त्यस ठाउँमा जमिनको मूल्य धुरको कम्तिमा ३० लाख रहेको छ।

यती सम्पती भएकी सुजता कोईरालालाई सरकारले सहयोग गर्नु पर्ने हो मन्त्री ज्यू ? के तागत छ सरकारको २ करोड नेपाली जनतालाई ५० लाखको बिटो दिने होईन भने हजुरलाइ सत्तामा बस्ने अधिकार कसले दियो, लोकमानलाई महा अभियोग दर्ता गर्ने अधिकार कसले दियो ।

बिदुर लामिछाने
हाल : बैंगलोर, भारत

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend