logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखाले ८०औं वार्षिकोत्सव मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिमल खड्का, बाग्लुङ मङ्सिर १।
बाग्लुङमा नेपाल बैंक लिमिटेडको आफ्नो ८०औं वर्ष प्रवेशका अवसरमा आज बुर्तिबाङ स्थित शाखाले चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । विक्रम सम्बत १९९४ कार्तिक ३० गते स्थापना भएको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल सरकारको स्वामित्व र लगानी सहित सर्वसाधारण समेतको शेयर लगानीमा कार्य सञ्चालनमा आएको छ ।

एकातिर राज्यकै तर्फबाट लगानी भएको तथा अर्को तर्फ साधारण जनताको समेत दायित्व बोकेको यस बैंकले पछिल्लो समय वित्तिय क्षेत्रमा भित्रिएका प्रविधिसँगै सेवा प्रवाहमा गुणस्तर कायम गर्दै अगाडि बढेको बैंकका शाखा प्रबन्धक सुरज घिमिरेले कार्यक्रमका अवसरमा बताउनुभएको छ ।अहिले नेपाल सरकारले ‘ए’ क्लासको बैंक हुन ८ अर्वको पूजी हुनुपर्ने नियम बनाएको छ । नेपाल बैंकसँग अहिले पनि ६ अर्व ४७ करोड पूजी लगानी भएकाले तत्काल बैंकबाट सर्वसाधारणका लागि थप शेयर पूजी आहवान गरिने तथा सरकारले पनि आफ्नो दायित्व बढाउने निर्णय गरेका कारण अव नेपाल बैंक नेपालको पहिलो बैंक मात्र नभई पहिलो ‘ए’ क्लासको बैंक समेत हुन सक्ने घिमिरेले बताउनुभएको छ ।

आफ्नो वार्षिकोत्सवका अवसरमा शाखाद्धारा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरुले बैंकले प्रविधि विकाससँगै सामान्य भन्दा सामान्य तहका जनताबीच पनि पुगेर कारोवार गर्न सुझाव दिएका थिए । विषेश गरि शहरी क्षेत्रमा मात्र सिमित भई व्यवसायीलाई मात्र लगानी गर्ने वा उनीहरुको मात्र निक्षेत्र संकलन गर्नुभन्दा जनस्तरसम्मको सेवामा बैंक जानुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।२०३३ सालमा पहिलोपटक बुर्तिबाङ बजारमा स्थापना भएको नेपाल बैंक, विगतको द्धन्द्धको समयमा विस्थापित भएर बागलुङ सदरमुकाममा स्थानात्तरण भएको थियो ।

शान्तिसुरक्षा वहाल भएपछि २०६९ सालमा पुनःस्थापना भएको बैंकको शाखाले पहिलो वर्ष २०७०मा ४८ लाख घाटा बेहोर्नु परेको शाखा प्रबन्धक घिमिरेले बताउनुभयो ।यस्तै दास्रो वर्ष बैंकले २०७१ मा १८ लाख मुनाफा गरेको र आर्थिक वर्ष २०७२÷०७३ मा १ करोड १८ लाख मुनाफा दिन सफल भएको बताइएको छ ।बैंकले ग्रामीण क्षेत्र निसी तथा बोबाङ जस्ता क्षेत्रमा कृषि क्षेत्रमा सकेत लगानी गरेको भन्दै शाखा प्रमुख घिमिरेले के व्यवसाय वा पेशा गर्ने हो त्यसमा आफ्नो केही लगानी र कार्ययोजना सहितको कार्यक्रमका आधारमा जुनसुकै स्थानमा बैंक लगानी गर्न तयार भएको  घिमिरेले बताउनुभयो ।

हालसम्म बैंकले हायर पर्चेच, स्काभेटर, अटोलोन, पर्शनल ओडि लोन लगायत विभिन्न व्यवसायीक कर्जाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।यससँगै नेपाल बैंकले यस वर्षबाटै कर्मचारी संचयकोष र विमा कार्यक्रमका लागि समेत काम गर्दै आएको छ ।यससँगै गत साउन महिनाबाट राजश्व खाता सञ्चालन गरेकाले कर, भ्याट तथा प्यानमा का्रोवार गर्ने व्यवसायीले यसैबैंक मार्फत कर तिर्न सकिने व्यवस्था समेत मिलाइएको बताइएको छ । आयोजित कार्यक्रम बैंकका शाखा प्रबन्धक घिमिरेको अध्यक्षतामा भएको थियो ।

उक्त अवसरमा नेपाली काँग्रेसका तर्फबाट शालिकराम शर्मा, एमालेका तर्फबाट टंकप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका तर्फबाट तुल्सीराम अर्याल चन्द्रलाल अर्याल, उद्योग वाणिज्य संघका चिन्तामणी शर्मा, आयुर्वेदिक औषधालयका हरि प्रसाद पाध्य, निसीभुजि जनता क्याम्पसका कृष्णकान्त आचार्य, रेडियो बुर्तिबाङका ईश्वरी प्रसाद शर्मा, देविस्थान माध्यमिक विद्यालयका तर्फबाट किरण आचार्य लगायतले बैंकको वार्षिकोत्वका अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बैंकका सशायक शाखा प्रबन्धक गोविन्द थापाको स्वागत मन्तव्य तथा कर्मचारी रमेश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पनन भएको थियो ।यसैबीच बैंकले आजै आफ्नो ८०औं वार्षिकोत्सवका अवसरमा उत्तरगंगा उच्च माध्यमिक विद्यालयमा रहेको अपांगता विषेश कक्षामा अध्ययन गर्ने वालवालिकाका लागि स्टेशनरी सामाग्री वितरण गरेको जनाएको छ ।बाग्लुङमा नेपाल बैंक लिमिटेडको आफ्नो ८० औं वर्ष प्रवेशका अवसरमा आज बुर्तिबाङ स्थित शाखाले चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

विक्रम सम्बत १९९४ कार्तिक ३० गते स्थापना भएको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल सरकारको स्वामित्व र लगानी सहित सर्वसाधारण समेतको शेयर लगानीमा कार्य सञ्चालनमा आएको छ ।एकातिर राज्यकै तर्फबाट लगानी भएको तथा अर्को तर्फ साधारण जनताको समेत दायित्व बोकेको यस बैंकले पछिल्लो समय वित्तिय क्षेत्रमा भित्रिएका प्रविधिसँगै सेवा प्रवाहमा गुणस्तर कायम गर्दै अगाडि बढेको बैंकका शाखा प्रबन्धक सुरज घिमिरेले कार्यक्रमका अवसरमा बताउनुभएको छ ।

अहिले नेपाल सरकारले ‘ए’ क्लासको बैंक हुन ८ अर्वको पूजी हुनुपर्ने नियम बनाएको छ । नेपाल बैंकसँग अहिले पनि ६ अर्व ४७ करोड पूजी लगानी भएकाले तत्काल बैंकबाट सर्वसाधारणका लागि थप शेयर पूजी आहवान गरिने तथा सरकारले पनि आफ्नो दायित्व बढाउने निर्णय गरेका कारण अव नेपाल बैंक नेपालको पहिलो बैंक मात्र नभई पहिलो ‘ए’ क्लासको बैंक समेत हुन सक्ने घिमिरेले बताउनुभएको छ ।

आफ्नो वार्षिकोत्सवका अवसरमा शाखाद्धारा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरुले बैंकले प्रविधि विकाससँगै सामान्य भन्दा सामान्य तहका जनताबीच पनि पुगेर कारोवार गर्न सुझाव दिएका थिए ।विषेश गरि शहरी क्षेत्रमा मात्र सिमित भई व्यवसायीलाई मात्र लगानी गर्ने वा उनीहरुको मात्र निक्षेत्र संकलन गर्नुभन्दा जनस्तरसम्मको सेवामा बैंक जानुपर्नेमा बक्ताहरुले जोड दिएका थिए । २०३३ सालमा पहिलोपटक बुर्तिबाङ बजारमा स्थापना भएको नेपाल बैंक, विगतको द्धन्द्धको समयमा विस्थापित भएर बागलुङ सदरमुकाममा स्थानात्तरण भएको थियो ।

शान्तिसुरक्षा वहाल भएपछि २०६९ सालमा पुनःस्थापना भएको बैंकको शाखाले पहिलो वर्ष २०७०मा ४८ लाख घाटा बेहोर्नु परेको शाखा प्रबन्धक घिमिरेले बताउनुभयो । यस्तै दास्रो वर्ष बैंकले २०७१ मा १८ लाख मुनाफा गरेको र आर्थिक वर्ष २०७२÷०७३ मा १ करोड १८ लाख मुनाफा दिन सफल भएको बताइएको छ । बैंकले ग्रामीण क्षेत्र निसी तथा बोबाङ जस्ता क्षेत्रमा कृषि क्षेत्रमा सकेत लगानी गरेको भन्दै शाखा प्रमुख घिमिरेले के व्यवसाय वा पेशा गर्ने हो त्यसमा आफ्नो केही लगानी र कार्ययोजना सहितको कार्यक्रमका आधारमा जुनसुकै स्थानमा बैंक लगानी गर्न तयार भएको घिमिरेले बताउनुभयो ।

हालसम्म बैंकले हायर पर्चेच, स्काभेटर, अटोलोन, पर्शनल ओडि लोन लगायत विभिन्न व्यवसायीक कर्जाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।यससँगै नेपाल बैंकले यस वर्षबाटै कर्मचारी संचयकोष र विमा कार्यक्रमका लागि समेत काम गर्दै आएको छ । यससँगै गत साउन महिनाबाट राजश्व खाता सञ्चालन गरेकाले कर, भ्याट तथा प्यानमा का्रोवार गर्ने व्यवसायीले यसैबैंक मार्फत कर तिर्न सकिने व्यवस्था समेत मिलाइएको बताइएको छ । आयोजित कार्यक्रम बैंकका शाखा प्रबन्धक घिमिरेको अध्यक्षतामा भएको थियो ।

उक्त अवसरमा नेपाली काँग्रेसका तर्फबाट शालिकराम शर्मा, एमालेका तर्फबाट टंकप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका तर्फबाट तुल्सीराम अर्याल चन्द्रलाल अर्याल, उद्योग वाणिज्य संघका चिन्तामणी शर्मा, आयुर्वेदिक औषधालयका हरि प्रसाद पाध्य, निसीभुजि जनता क्याम्पसका कृष्णकान्त आचार्य, रेडियो बुर्तिबाङका ईश्वरी प्रसाद शर्मा, देविस्थान माध्यमिक विद्यालयका तर्फबाट किरण आचार्य लगायतले बैंकको वार्षिकोत्वका अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बैंकका सशायक शाखा प्रबन्धक गोविन्द थापाको स्वागत मन्तव्य तथा कर्मचारी रमेश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पनन भएको थियो । यसैबीच बैंकले आजै आफ्नो ८०औं वार्षिकोत्सवका अवसरमा उत्तरगंगा उच्च माध्यमिक विद्यालयमा रहेको अपांगता विषेश कक्षामा अध्ययन गर्ने वालवालिकाका लागि स्टेशनरी सामाग्री वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend