logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङमा कतै स्वागत योग्य भनियो त कतै नारा जुलुस


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का बाग्लुङ , मङ्सिर १|

बाग्लुङमा जिल्ला स्थित राजनैतिक दलहरुले जिल्ला प्राविधिक सहयोग समितिमा हिजो एक खालको खाका बुझाएका छन् । दलहरुले प्राविधिक सायोग समितिमा बुझाएको खाका अनुसार बागलुङ जिल्लालाई ४ नगरपालिका तथा ६ गाउँ पालिकाका प्रस्ताव भएको छ ।

उक्त प्रस्तावका कुरा मिडियामा आएपछि जिल्लाका विभिन्न स्थानमा उक्त प्रस्तावलाई कतै स्वागत योग्य भनिएको छ भने कतै विरोध स्वरुप नारा जुलुस तथा सच्च्याउनु पर्ने भन्दै विरोधका आवाजहरु उठेका छन् ।यसैबीच जिल्लाको पश्चिम बुर्तिबाङलाई केन्द्र मानेर ढोरपाटन नगरपालिका बनाउने भन्ने प्रस्तावमा समेटिएको राजकुत गाउँ विकास समितिबाट दुई थरी प्रतिक्रिया आएको छ ।

केहीले बुर्तिबाङमा आउँदा भुगोल मिल्ने र सेवा सुविधाका हिसावले बुर्तिबाङनै पायक पर्ने भन्दै स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन भने, काँग्रेसका जिल्ला सदस्य समेत रहनुभएका प्रकाश कुवँर सहितका केही स्थानीयले निसीखोला गाउँपालिकामै जान उपयुक्त भएको भन्दै बैठक बसेर उक्त संरचनालाई सच्याउन माग गर्ने निर्णय भएको बताइएको छ ।

यस्तै देविस्थानमा पनि आज त्यस गाउँ विकास समितिका स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुबीच बैठक बसेको छ । बैठकले ,यस अघि गरिएको समझदारी अनुसार देविस्थान गाउँ विकास समितिलाई केन्द्र मानेर राजकुत सहितको गाविस समेटदै निसीखोला गाउँपालिका बनाउने प्रस्ताव तलमाथि पारिएको भन्दै, यदि देविस्थानलाई केन्द्र नमान्ने भए आफूहरु बुर्तिबाङ नगरपालिकामै जान तयार भएको बैठकले निर्णय गरेको छ ।
बैठकमा नेपाली काँग्रेसका गाउँ पार्टि समापति ईन्द्र मल्ल, नेकपा एमालेका गाउा पार्टि अध्यक्ष छविलाल कुवँर,माओवादी केन्द्रका गाउँ पार्टि सेक्रेटरी भरत पुन,राष्ट्रिय जनमोर्चाका गाउँ पार्टि अध्यक्ष डिलबहादुर कार्की तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका कृष्ण मल्ल सहभागी रहेको बताइएको छ ।

यस्तै दर्लिङ गाउँ विकास समितिको वडा नं. १ मालारानीमा पनि स्थानीय वडावासीको बैठक बसी आफूहरु बडिगाड गाउँ पालिकामा रहन भन्दा बुर्तिबाङ नगरपालिकामै रहन उपयुक्त हुने भन्दै वडामा सहमति गरिएको त्यहाँबाट ईन्द्र थापाले जानाकारी गराउनुभएको छ । यस अघि उक्त गाउँ विकास समितिका राजनैतिक प्रतिनिधिहरुले बुर्तिबाङ नगरपालिकामा जान भन्दा गाउँ पालिकामै जान उपयुक्त रहेको भन्दै जिल्लामै बसेर बार्ता तथा छलफल समेत चलाउँदै आएका थिए ।

कुनै समय भिमगीठेलाई नै केन्द्र बनाउने गरि छलफलमा कुरा उठाएका त्यहाँका दलका प्रतिनिधिहरुले भिमगीठे केन्द्र नभएपनि ग्वालीचौरको खौलार केन्द्र भएमा आफूहरु सहमत रहेको भन्दै विज्ञप्ति समेत जारि गरेका थिए ।

दलका नेतृत्वलाई बडिगाढ गाउँ पालिका पायक पर्ने बताउँछन तर स्थानीय जनता भने आफूलाई उक्त गाउँ पालका भन्दा बुर्तिबाङ नगरपालिका उपयुक्त भएको भन्दै भिन्न निर्णय गरेर असन्तुटिहरु वाहिर ल्याएका छन् ।

यस्तै जिल्लाको पाण्डवखानीका गाविसलाई नै टुक्रयाएको भन्दै त्यसको विरोधमा आज नारा जुलुस गरिएको पाण्डवखानीबाट सहकर्मी सुरेश छन्त्यालले बताउनुभएको छ ।

राजनैतिक दलहरुको प्रस्तावमा पाण्डवखानीका २ वटा वडालाई हटिया नगरपालिकामा समावेश गरिएको छ भने वाँकी वडालाई बडिगाढ गाउँ पालिकामा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend