logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङ्मा प्रस्तावित बढिगाड गाँउपालीका नै कार्यान्वयन गर्न माग, नत्र कडा आन्दोलन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रकाश घिमिरे,अनिश शर्मा गैरे,गुल्मी कार्तिक २९।
पश्चिम बाग्लुङ्का चार गाबिसहरुले स्थानिय तह पुर्नसंरचना प्राबिधिक समितिले गरेको निर्णय अनुसार ग्वालीचौर गाबिसको खौलारलाई केन्द्र मान्दै प्रस्ताव गरेको बढिगाड गाँउपालीकको कार्यान्वयन गर्न माग गरेका छन । आज एक बिज्ञप्ती जारी गर्दै उनीहरुले पहिले प्रस्तावित गाउँपालीकाको खाका र त्यसको केन्द्र यथावत गराइनुपर्ने माग गरेका हुन । unnamed-2 प्राविधिक समितिले पहिले नै ग्वालीचौर, भिमगिठे, दर्लिङ्, जलजला, रणसिँह किटेनी, सिसाखानी र दगातुम्डाडा गाबिसको एक गाँउपालीका र त्यसको केन्द्र ग्वालीचौर भनेको छ, यही खाकाको बिषयमा अन्य हल्लाहरु पनि आइरहेको हुनाले त्यसो हुन नहुने भन्दै उनीहरुले यदि सोही अनुसार नगरिए आफुहरु जुनसुकै आन्दोलनमा पनि उत्रिन बाध्य हुनुपर्ने बताएका छन । ग्वालीचौर, जलजला, दर्लिङ र भिमगिठे गाबिसका राजनीतिक दलहरुले यस्तो निर्णय सहितको प्रेस बिज्ञप्ती जारी गरेको ग्वालीचौरका नेकपा एमाले गाँउ कमिटि अध्यक्ष कमलराज आचार्यले जानकारी दिनुभयो ।

बिज्ञप्तिमा भनिएको छ, “स्थानीय पुर्नसंरचनामा प्राबिधिक सहयोग समितिको निर्णय अनुसार ग्वालीचौर केन्द्र हुने गरी, भिमगिठे, दर्लिङ, ग्वालीचौर, रणसिँह किटेनी, जलजला, दगातुम्डाडा, सिसाखानीको प्रस्तावित बडिगाढ गाँउपालीका बैज्ञानिक तथा जनप्रिय हुने भएकाले सोही बमोजिम कार्यान्वयन गर्न जिल्ला तह पुर्नसंरचना आयोग प्राविधिक तथा स्थानीय तह पुर्नसंरचना केन्द्रलाइ आनुरोध गर्दछौ ।

” त्यसैगरी उक्त बिज्ञप्तीमा उक्त प्रस्तावित गाँउपालीका र केन्द्रको बिषयमा भिमगिठे, दर्लिङ, ग्वालीचौर रणसिँह र जलजलाको लिखित सहमती भएकाले कार्यान्वयन गर्न र नभएको खन्दर्भमा कानुनी सबैधानिक तथा सबै प्रकारका आन्दोलनका कार्यक्रम अगि बढाउने निर्णय गरिएको समेत बताइएको छ ।

बिज्ञप्तिमा नेपाली काङ्ग्रेस ग्वालीचौरका सभापति अर्जुन खरेल, एमाले अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका अध्यक्ष कलाधर घिमिरे, एमाले जिल्ला सल्लाहकार समितिका सदस्य तिर्थमणि भुषाल, नेपाली काङ्ग्रेस दर्लिङ्का सभापति भरत केसी, दर्लिङ्कै एमाले इन्चार्ज दिपक रायमाझी, शान्ति समिती भिमगिठेका संयोजक कृष्ण भटट्राइ,सघिंय समाजबादी फोरम प्रदेश नम्बर ४ का उपाध्यक्ष बिर बहादुर नेपाली, नेपाली काङ्ग्रेस दर्लिङ सहसचिब तेजेन्द्र थापा, माओबादी केन्द्र जलजलाका प्रेम गलामी, भिमगिठेका समाजसेवी लेखत बहादुर रायमाझी लगायतले हस्ताक्षर गर्नुभएको छ ।

उनीहरुले पुरानै संरचना अनुसार अगाडी बढ्न जिल्लालाई सुझाब दिएका छन, होइन भने आफ्नो माग पुरा गराउनको लागि जस्ता सुकै कार्यहरु गर्न पनि पछाडी नपर्ने एमाले अध्यक्ष आचार्यको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend