logo
  • शनिबार, असोज १० २०८३

बुटवलमा प्रहरीले हत्या र जर्वजस्ती गर्ने ४ जना सार्वजनिक गर्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टेक राज थापा, कतार कार्तिक २९।
रुपन्देहीको सैनामैना १ बनकट्टामा गत बर्ष २०७२ माघ २९ गते भएको चुरी अर्याल हत्याका काण्डका अभियुक्तहरु पक्राउ परेका छन् । हत्यामा संलग्न रहेकी उमादेबीलाई संकास्पदको क्रममा सोध पुछको लागि हिरासतमा राखिएतापनि कुनै प्रतिक्रिया नआउदा पीडित परिवार न्यायको निम्ति लडिरहेका थिए । ९ महिना पुगी सक्दा पनि घटनाको सत्य तथ्य बाहिर नआउदा मृतक परिवारले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए ।

butwalमहिनौ बिती सक्दा पनि कुनै ठोस पता लगाउन नसक्दा अनुसन्धानको क्रममा हिरासतमा राखिएतापनि कुनै आधिकारी विवरण बाहिर नआएको र अनुसन्धानको क्रम जारी रहेको बताए । कार्तिक १४ गते राति बुटवल ५ ज्योतिनगरका बिरबहादुर गुरुङको हत्या अभियोगमा संकास्पदको आधारमा प्रहरीले हिरासतमा राखेर छानबिन गर्दै जादा उक्त घटानाको बिबरण बाहिर आएको हो ।  उक्त हत्याका योजनाकार सन्तोष थापा अभियुक्त समेत रहेका बयानको क्रममा उनले बिगतमा हत्यामा संलग्न रही अहिलेसम्म २ जनाको हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यलय बुटबलका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताए ।

15057811_364250933908466_1957135047_nउक्त घटनामा संलग्न दुई महिला र एक पुरुषलाई पक्राउ गरी १० एन कानुन उपदफा ज्यान मारा मुद्दा सबन्धि बुटवल ईलाका प्रहरीले पत्रकार सम्मेलन गरि लुम्बिनी टेलिभिजन च्यानल मार्फत सार्वजनिक गरेको हो । हत्या आरोपमा संलग्न सैनामैना १ बनकट्टाकी ३० वर्षीया उमादेबी बिक, सैनामैना १२ की ३० वर्षिय कल्पना खनाल र सोही स्थानकै २५ वर्षीय सन्तोष थापामगर रहेका छन ।

हत्यामा संलग्न रहेकी उनकी साथी समेत रहेकी लामो समय देखि राम्रो सबन्ध रहेकी कहिले कहिँ उनकै घरमा संगै बस्ने गरेकी उमादेबी बिक समेत संलग्न रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले पत्रकार सम्मेलनमा बताए ।  चुरी अर्याललाई मार्नुको मुख्य कारण केहि समय पहिले मृतकले आफुसंग भएको जग्गा पास दिई सकेको घरमा रहेको १ करोड १७ लाख रकम चोर्ने मनसायले गत वर्ष माघ २९ गते चुरी अर्यालको हत्या गरेको बताए ।

उनीहरुको साथबाट हत्यामा प्रयोग गरिएको हँसिया १ थान, मोवाइल २ थान र सिमकार्ड २ थान बरामद भएको बताए । यस्तै प्रहरीले रुपन्देहीमा सामुहिक जर्बजस्ती करणी गरेको आरोपमा अमुबा ५ रुपन्देहीको २० बर्षिय शिब कुमार मल्ललाई पनि पक्राउ गरि सार्वजानिक गरेको छ । बुटबल भलुहिकी एक महिलालाई रातको समयमा घर पुराईदिने बाहानमा तिलोत्तमा ९ अमुबा खोलामा लगी ३ जनाले सामुहिक बलत्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको बताएका छन ।

अन्य ३ जनाको पनि खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यलय बुटबलका प्रहरी प्रमुख डिएसपी मुकुन्द मरासीनीले बताए । रुपन्देहीमा बढ्दो घटनाको अध्यन भैरहेको र अब देबदहको सुत्केरी तथा रुद्रपुरको घटनाको दोषिलाई केहि दिनमै सार्वजानीक गर्ने एसपी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend