साझा नेटवर्क
घनश्याम पौडेल अर्घाखाँची,कार्तिक २९ ।
अर्घाखाँचीको पटौटी गाविसमा रहेको देवी प्रभा माध्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्रलाई आउदो माघ मसान्त सम्म पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र घोषणा गर्ने भएको छ ।विद्यालय ब्यबस्थापन समिति, शिक्षक र विद्यार्थीहरुका लागि आयोजना गरिएको स्वास्थ्य शिक्षा तथा सरसफाई तालिम पछि सरसफाईमा अघि बढ्न आउदो माघ मसान्त सम्म पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
विकासको सुचकको रुपमा रहेको सरसफाईमा विद्यालयले नेतृत्व गर्दै आफ्नो सेवा क्षेत्र भित्र रहेका सबै घरधुरी तथा सार्वजनिक स्थानमा सरसफाईका सुचकहरु पुरा गर्न सबै प्रतिबद्ध भएर अभियान सञ्चालन गर्ने निर्णय गरिएको विद्यालयका प्रधनाध्यापक हरिप्रसाद घिमिरेले बताउनु भयो । फण्डबोर्डको आर्थिक सहयोग तथा लुम्विनी सामाजिक विकास केन्द्रको सहजीकरणमा सम्पन्न भएको दुई दिने स्वास्थ्य शिक्षा तथा सरसफाई तालिममा स्वास्थ्य शिक्षा र सरसफाईका बारेमा सरसफाई अधिकृत प्रेम आचार्यले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको समापन समारोहमा विद्यालय ब्यबस्थापन समितिका निबर्तमान अध्यक्ष श्यामनाथ कास्यप,गाविसका सामाजिक परिचालक डेमबहादुर नेपाली, वाल क्लबका अध्यक्ष दिलबहादुर खाम्चाली,लगायतले मन्तब्य राख्दै विकास र सभ्यता संग जोडिएको सरसफाईमा अघि बढ्न सबै एक जुट हुनु पर्ने बताएका थिए ।
तालिम कार्यक्रम विद्यालयका प्रधनाध्यापक हरिप्रसाद घिमिरेको अध्यक्षता र शिक्षक गिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend