साझा नेटवर्क
प्रेम सुनार गुल्मी,कार्तिक २९ ।
गहुँगोरो चिटिक्क परेको हाँसिलो मुहार अनि रंङ्गीलो परासीलो स्वभाव । गाउँमा नाचेर गाएर कहिल्लै नथाक्ने र दर्शकहरु उनिबाट कहिल्लै नमिच्छीने गर्दथे । यहि क्रममा उनी भारतिय सेनको लाहुेर भए । गाउँमा उनि विना केहि समय शुन्यता छायो । लाहुरे भएर पहिल्लो छुट्टीमा आएका उनलाई हिजोका साथी संङ्गीहरुले वरीपरी नघेर्ने त कुरै भएन् ,उनि संग विवाह गर्न पाएत जिवनकै सपना पुरा हुने थियो भन्दै नकल्पीने कुै युवतीहरु थिएनन् ।
नेपाली कांग्रेस नेटा गाविसका सभापति वोमबहादुर श्रीस्का कान्छा र प्यारा छोरा सन्देश श्रीस्को अधुरो जिवनको कथा हो यो । जसले तिहार मान्न छुट्टि लिएर आएको केहि दिन नवित्दै कार्तिक २७ गते विहान मर्निङ्गका क्रममा गाडीले हानेर विसवाईसे अल्पआयुमै ज्यान गुमाउनु प¥यो । एक्कासी घाउँमा खवर आयो । सन्देशको ज्यान गयो भन्दै । सारामा रुवावासी चल्यो ।
अरु भन्दा पनि सवैका आँखमा सन्देशले तिहारमा गरेको रमाईलो र त्यस अघिका दिनहरुमा नाच्ने गाउने गरेको दृश्य नाचिरह्यो । डेढ वर्ष अघि मात्र भर्ति भएकोले उनको विवाहको जाँचो पाँजो मिलाउने तर्खर पनि परिवारमा चल्दै थियो । आखिर प्राकृतिक नियम र समयको माग न हो , उनको पनि कसै संग गहिरो प्रेम र विवाहको सपना थियो नै होला । त्यस्तो सपना देखेर वसेकी उनकी प्रेयसी थिईन भने अहिले उनको अवस्था के भए होला ?
सारै हँसिला सन्देश यो समाचारदात दुई वर्ष अघि नेटामा जाँदा आफु मेरो फ्यान भएको भन्दै ओझेलका खवरका विषयमा हाँसो ठट्टा पनि गर्ने गर्दथे । उनको घरमा म गई राख्ने गर्दथे । हिष्टपुष्ट शरिर भएका सन्देश भर्ति नुहुनु पुर्व पनि गाउँका राम्रँ खेलाडी थिए । अत्यन्तै मिलनसार सन्देश आँखामा राखेर नविझाउने मलम थिए ।
त्यस दिन विस्तराबाट जुरुक्क उठेर झिसमिसेमा हिड्दै गरेका सन्देशलाई खै कहाँकोा रात्री वस आयो र ड्याङ्ग हानेर भाग्यो र हामीबाट उनलाई सधैका लागि चुड्यो । अहिले हामी संग उनको त्यही नाचगान , हिडडुलको नखिचेको फोटो मात्रै रहेको छ । जेहोस् उनले गाउँमा नाच गान गर्दाको र एउटा लाहुेर छँदाको तस्वीर भने सम्झनाका लागि छाडेर गएका छन् ।
तिनै तस्वीरहरु नै उनलाई सधै सम्झाई रहने माध्यम बन्ने छन् । हार्दिक श्रद्धाञ्जली सन्देश तिमी हाम्रो स्मरणमा सधै रही रहने छौं । वस यति नै. सन्देश ओझेलका खवर भन्ने तिम्रो प्रिय दाजु प्रेम सुनारको तर्फबाट….
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend