साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
नेपाल मगर संघ कतार शाखाले आयोजना गरेको कार्यक्रममा कतार आएकि गायिका सृष्टि पुन मगरलाई प्यूठान सेवा समाज दोहा कतारले गत शनिबार सम्मान गरेको छ । मगरलाई प्यूठान सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी प्रसंशा पत्र तथा खादा ओढाएर सम्मान गरेको हो ।
समाजका वरिष्ठ उपाध्यक्ष बलदेव रानको संचालन रहेको सम्मान कार्यक्रममा प्यूठान सेवा समाज दोहा कतारका संरक्षक लिला जि सी, रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बसन्त थापा, कतारमा स्थापित चर्चित गायक बलबिक्रम थापा, नेपाल मगर संघ कतारकि ईश्वरा थापा मगर लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरुले बाग्लुङ्ग जिल्लामा जन्मिएर सानै उमेर देखि संगितमा रुचि राख्दै कलाकारिताको क्षेत्रमा सफल लोकदोहोरी गायिकाको रुपमा स्थापित बनाउन सफल गायिका सृष्टि पुन मगरलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा बोल्दै गायिका मगरले प्युठान सेवा समाज कतारबाट सम्मानित हुन् पाउदा आफु निकै नै भाग्यमानी तथा खुसि भएको बताउँदै समाजलाई धन्यवाद एवम आभार ब्यक्त गरेकी थिईन । समाजले कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई सम्मान गर्दै आईरहेको छ । प्युठान सेवा समाज कतारले प्रवासमा तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरुमा सहयोग पुराउदै आइरहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend