logo
  • शुक्रबार, असोज ९ २०८३

मेलामा एउटा वेग्लै दृश्य


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी , कार्तिक २९  ।
अनेक महँङ्गा महँगा फेशन ,प्राय सवैका हातमा दश हजार भन्दा बढि मुल्यका मोवाईल सेट ,कोही मोटाघाटा र खानदानीहरुको विचमा एउटा बृद्धको टिठ लाग्दो दृश्य देखिन्थ्यो गुल्मी दर्लिङ्गको भव्य एकादशी मेलामा ।img_4081-1दुव्लो शरिर , कलेटी परेका ओठ , फुलेको शिरमा घेरो गएको टोपी , साँझ सम्म चिसो बढ्दै थियो । अरुले खोलेको कोट र जाकेट जाडो भएर भिर्दै थिए । उनका शरिमा पातला कपडाहरु थिए । ति पनि आफैका नभएर कसैबाट दिईएका जस्ता देखिन्थे । दर्शक दिर्घमा बसेका ठुलाबाडाहरुको अगाडी टुक्रक्क भुईमा खाली खुट्टा वसेका उनलाई पक्कै ति दलित समुदायका वृद्ध होलान भनेर अनुमान गर्न सकिन्थ्यो ।unnamed-1उनको तस्वीर क्लिक्क पारेर खिच्न वित्तिकै स्थानिय संग जिज्ञाषा राख्दा नभन्दै उनि दलित नै रहेछन् । दर्लिङ्ग ६ का उनि खड्गबहादुर परियार रहेछन् । ७० को नेटो काटेका उनले बैश उमेर छउञ्जेल कपडा सिलाउने देखि वाजा बजाएर उनले रमाईलो दिए । अहिले उनलाई अरुले गरेको रमाईलो अभाव भई रहेको छ ।img_4077 बृद्ध भए पनि बैश उमेरका जस्तै बढो रोमाञ्चित हुँदै रमाईलो नियाली रहेका थिए । उनका पाँच भाई छाृेरा र श्रीमति छोरीहरु समेत रहेको स्थानियले बताए । जन्मे हुर्के देखि आफ्नो पेशा संगै मजदुरी समेत गरेका उनको जस्तै हविगत बुढेशकालमा ग्रामिण भेगका दलितहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend