साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
गुल्मी सेवा समाज कतारले लोक तथा दोहिरी गायिका अनु गुरुङलाई सम्मान गरेको छ । नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको दीपावली साझ २०१६ कार्यक्रमको लागि कतार आएकी गुरुङलाई गत शनिबार गुल्मी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको हो । सोहि अवसरमा तमु समाज कतारले पनि गायिका गुरुङलाई सम्मान गरेको थियो ।
सम्मान कार्यक्रमलाई गुल्मी सेवा समाज कतारका अध्यक्ष बुद्ध पाण्डेले सभापतित्व गरेका थिए । कार्यक्रममा गायिका अनु गुरुङ प्रमुख अतिथि रहेकी थिइन । साथै गुल्मी सेवा समाजका संरक्षक दोर्ण बस्नेत, सल्लाहकार विजय बस्नेत, बिष्णु गौतम, तमु समाजका अध्यक्ष बुधवल गुरुङ, बिशेष अतिथि रहेका थिए । अतिथिहरुमा नेपाल मगर संघ साखा कतारका महासचिव विजय मगर, गुल्मी सेवा समाजका उपाध्यक्ष झविन्द्र आचार्य, महिला संयोजक बिष्णु खत्री, कोषाध्यक्ष मित्र बीएस लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिती रहेको थियो ।
गुल्मी सेवा समाजले कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई सम्मान गर्दै आईरहेको छ । गत शुक्रबार गायिका गुरुङलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । कार्यक्रममा प्रमुख आथिति,बिशेष आथितिहरु एवं अथितिहरुले गुरुङलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै गायिका गुरुङले गुल्मी सेवा समाज कतारबाट सम्मानित हुन् पाउदा आफु निकै नै भाग्यमानी तथा खुसि भएको बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरिन ।
कार्यक्रमलाई समापन गर्दै सभापति पाण्डेले नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपालीकला संस्कृतिलाई टेवा पुग्ने काम गर्ने बताए । गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको बताउदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम संस्थाका सास्कृतिक संयोजक सुरज बिसिको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend