logo
  • शुक्रबार, साउन ८ २०८३

“भाईरल” बन्न सक्ने दलित किशोरीकोे चेहरा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

प्रेम सुनार, गुल्मी कार्तिक २८।
यति वेला सामाजिक सञ्जालमा तरकारी बेच्ने कुशुम श्रेष्ठको तस्वीर भाईरल बनिरहेको सन्दर्भमा गुल्मीको विकट गाउँ दर्लिङ्गमा एक दलित परिवारकी किशोरीको चेहरा त्यसमा पनि उनका आँखाहरु त्यस्तै भाईरल बन्न सक्ने देखिएको छ ।

dsc03409नेटा दर्लिङ्ग उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित एकादशी मेलामा आएकी दर्लिङ्ग–६ चौतराकी भर्खर १६ वर्षमा पाईला टेकेकी लक्ष्मी परियारको खैरा आँखा र चुलवुलेपनमा धेरै युवाहरुको नजर परेको देखिन्थ्यो ।

सोही विद्यालयमा कक्षा ७ मा अध्यानरत लक्ष्मी आफु भविश्यमा मोडल बन्न चाहेको बताईन् । दर्लिङ्ग र वाग्लुङ्ग भेगको मौलिक चेहरा भएकी लक्ष्मीको आँखा र शाररिक वनवटमा फिल्मी क्षेत्रका कुनै हस्तीहरुको नजर पर्न सके उनी त्यस क्षेत्रमा भविश्यमा जम्न सक्ने देखिन्छ ।

अभियन कला सिक्न चाहेकी लक्ष्मीको सदरमुकाम वा त्यो भन्दा ठुला शहरमा गएर सिक्ने परिवारको आर्थिक अवस्था कम्जोर भएकोले कुनै संघ संस्थाले सहयोग गरे हुन्थ्यो भन्ने उनको आग्रह रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend